दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले दोश्रो पटक हात पारेको छ ।
गत वर्षको विजेता समेत रहेको कोइलाडीले वडा नं. ३ सकरपुरालाई २१ रनले पराजित गर्दै लगातार दोस्रो बर्ष सो उपाधी हात पार्न सफल भएको हो ।
प्रतियोगिताको तेस्रो संस्करणको बुधबार सम्पन्न फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको कोइलाडीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाई १ सय २५ रन बनाएको थियो । जसमा कप्तान मो. गुड्डुले २९, परमेश्वर मण्डलले २८, रोबिन सिंहले १५, रोहित सिंहले १४ तथा रोशन मण्डलले अविजित ११ रनको योगदान गरेका थिए । सकरपुराको लाागि साकेत सिंहले ४ ओभरमा १९ रन दिई ३ विकेट लिए भने प्रदिप मण्डल र सुरज मण्डलले १÷१ विकेट लिएका थिए ।
१ सय २६ रनको लक्ष्य पाएको सकरपुरा २० ओभरमा ५ विकेट गुमाई १ सय ४ रनमै सिमित भएको थियो । सकरपुराका लागि साकेत सिंहले अविजित ३५ रन बनाए भने, अमित मण्डलले २८ र सुरज मण्डलले २३ रनको योगदान दिएका थिए । कोइलाडीका लागि रोशन मण्डलले २ तथा जुगनु मण्डल र रोहित सिंहले १÷१ विकेट लिएका थिए । उक्त खेलमा कोइलाडीका रोशन मण्डललाई म्यान अफ द म्याच प्रदान गरियो ।
माघ १० गतेदेखी सुरु भएको उक्त प्रतियोगितामा वडा नं. ५ को. बर्साइनका दिपेश सरदार म्यान अफ द सिरिज, सकरपुराका अमित मण्डल वेस्ट ब्याटस्म्यान, कोइलाडीका जुगनु मण्डल वेस्ट बलर तथा को. बर्साइनका राजेश रजकलाई इमर्जिङ प्लेयरको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेशकुमार झाले जानकारी दिए ।
प्रतियोगिता समापनको अवसरमा गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव, वडा अध्यक्षहरु मनोज चौधरी, गोपी मण्डल, राजेन्द्र साह र गुलाब सिंह, कार्यपालिका सदस्यद्वय दामोदर मुखिया र रिता साह, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, पूर्व खेलाडी राजकुमार दाससहितकाले विजेता, उप विजेता लगायतको ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो
सारांश
- गत वर्षको विजेता समेत रहेको कोइलाडीले वडा नं.
- ३ सकरपुरालाई २१ रनले पराजित गर्दै लगातार दोस्रो बर्ष सो उपाधी हात पार्न सफल भएको हो ।
- प्रतियोगिताको तेस्रो संस्करणको बुधबार सम्पन्न फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको कोइलाडीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाई १ सय २५ रन बनाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया