सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
६७ पटक हेरिएको
Shares
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 

सारांश

  •     बिहिवार एक कार्यक्रम बिच प्रदेश सभा सदस्य मनिष कुमार सुमन तथा राजबिराजका नगरप्रमुख शम्भु प्रसाद यादबको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
  •     राजबिराज ९ स्थित मलेठको सहिद स्तम्भको प्रागणमा  स्थित दलित भवनको प्रागणमा शहरी बिकास तथा भवन कार्यालय सप्तरी प्रमुख कृष्णदेव झाले वडा अध्यक्ष शम्भु प्रसाद यादब (लाली) लाई हस्तान्तरण गरेका छन ।
  •     सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले मलेठ घटनामा मारिएका सहिदहरूको सम्झनामा सहिद स्तम्भ निर्माण गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    शहरी बिकास तथा भवन कार्यालयले मलेठमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन राजबिराज नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
    बिहिवार एक कार्यक्रम बिच प्रदेश सभा सदस्य मनिष कुमार सुमन तथा राजबिराजका नगरप्रमुख शम्भु प्रसाद यादबको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
    राजबिराज ९ स्थित मलेठको सहिद स्तम्भको प्रागणमा  स्थित दलित भवनको प्रागणमा शहरी बिकास तथा भवन कार्यालय सप्तरी प्रमुख कृष्णदेव झाले वडा अध्यक्ष शम्भु प्रसाद यादब (लाली) लाई हस्तान्तरण गरेका छन ।
    सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले मलेठ घटनामा मारिएका सहिदहरूको सम्झनामा सहिद स्तम्भ निर्माण गरिएको बताए । उनले सुबिधा सम्पन्न सहिद स्तम्भ परिसरमा नगरवासीले मलेठको सहिद स्तम्भ अवलोकन गर्न तथा सहिदको सम्झना हुने उद्देश्यले निर्माण गरिएको बताए ।
    यसैगरी सोही वडामा सुबिधा सम्पन्न ५ कोठे जेष्ठ नागरिक आवास भवन निर्माण भई वडा अध्यक्ष शम्भु यादब लालीलाई समेत हस्तान्तरण गरिएको शहरी बिकास तथा भवन कार्यालयका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।
    प्रदेश सभा सदस्य सुमनको पहलमा तथा भवन कार्यालय राजबिराजको अगुवाईमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन निर्माण भएको हो । प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको सहयोगमा शहरी बिकास तथा भवन कार्यालयले ९२ लाख ६१ हजार ६ सयको लागतमा सहिद स्तम्भ निर्माण गरेको हो ।
    यसैगरी ८६ लाख ३४ हजार ६ सय ५२ रूपैयाको लागतमा जेष्ठ नागरिक आवास भवन निर्माण गरिएको शहरी कार्यालय प्रमुख झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी