सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
४२ पटक हेरिएको
Shares
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 

सारांश

  •     बिहिवार एक कार्यक्रम बिच प्रदेश सभा सदस्य मनिष कुमार सुमन तथा राजबिराजका नगरप्रमुख शम्भु प्रसाद यादबको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
  •     राजबिराज ९ स्थित मलेठको सहिद स्तम्भको प्रागणमा  स्थित दलित भवनको प्रागणमा शहरी बिकास तथा भवन कार्यालय सप्तरी प्रमुख कृष्णदेव झाले वडा अध्यक्ष शम्भु प्रसाद यादब (लाली) लाई हस्तान्तरण गरेका छन ।
  •     सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले मलेठ घटनामा मारिएका सहिदहरूको सम्झनामा सहिद स्तम्भ निर्माण गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    शहरी बिकास तथा भवन कार्यालयले मलेठमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन राजबिराज नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
    बिहिवार एक कार्यक्रम बिच प्रदेश सभा सदस्य मनिष कुमार सुमन तथा राजबिराजका नगरप्रमुख शम्भु प्रसाद यादबको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
    राजबिराज ९ स्थित मलेठको सहिद स्तम्भको प्रागणमा  स्थित दलित भवनको प्रागणमा शहरी बिकास तथा भवन कार्यालय सप्तरी प्रमुख कृष्णदेव झाले वडा अध्यक्ष शम्भु प्रसाद यादब (लाली) लाई हस्तान्तरण गरेका छन ।
    सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले मलेठ घटनामा मारिएका सहिदहरूको सम्झनामा सहिद स्तम्भ निर्माण गरिएको बताए । उनले सुबिधा सम्पन्न सहिद स्तम्भ परिसरमा नगरवासीले मलेठको सहिद स्तम्भ अवलोकन गर्न तथा सहिदको सम्झना हुने उद्देश्यले निर्माण गरिएको बताए ।
    यसैगरी सोही वडामा सुबिधा सम्पन्न ५ कोठे जेष्ठ नागरिक आवास भवन निर्माण भई वडा अध्यक्ष शम्भु यादब लालीलाई समेत हस्तान्तरण गरिएको शहरी बिकास तथा भवन कार्यालयका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।
    प्रदेश सभा सदस्य सुमनको पहलमा तथा भवन कार्यालय राजबिराजको अगुवाईमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन निर्माण भएको हो । प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको सहयोगमा शहरी बिकास तथा भवन कार्यालयले ९२ लाख ६१ हजार ६ सयको लागतमा सहिद स्तम्भ निर्माण गरेको हो ।
    यसैगरी ८६ लाख ३४ हजार ६ सय ५२ रूपैयाको लागतमा जेष्ठ नागरिक आवास भवन निर्माण गरिएको शहरी कार्यालय प्रमुख झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान