दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
राजविराज नगरपालिका वडा नं. १६ बोरियामा शुक्रबार बिहान आगलागि हुँदा एक बृद्धको जलेर मृत्यु भएको छ ।
विद्युत सर्ट भई भएको आगलागिमा बोरिया टोलका मिश्रिलाल यादवका ८५ वर्षिय बुबा झलाई यादवको मृत्यु भएको हो ।
खाना खाएर राती १० बजेतिर घरआंगनमै रहेको गोठमा सुतेका उनी बिहान ३ बजेतिर अचानक विद्युत सर्ट भई आगलागि हुँदा भाग्न नसकेर जलेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
टिनको छाना तथा फुस र टाटीको बेराले बनेको घरका साथै लत्ता कपडा, भाडाकुडा, खाद्यान्नलगायतका सरसामान जलेर नष्ट हुँदा करिब ३ लाख रुँपैया बराबरको क्षति भएको मृतकका छोरा मिश्रिलालले बताए ।
यता आगलागिमा एक चौपायसमेत जलेर मरेका छन् । राजविराज नगरपालिकाको बारुणयन्त्र, स्थानियवासी र प्रहरीको मद्धतले एक घण्टको प्रयासपछि आगोमाथी नियन्त्रण लिइएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको डिएसपी साहले बताए ।
आगलागिबाट जलेर एक बृद्धको मृत्यु
सारांश
- विद्युत सर्ट भई भएको आगलागिमा बोरिया टोलका मिश्रिलाल यादवका ८५ वर्षिय बुबा झलाई यादवको मृत्यु भएको हो ।
- खाना खाएर राती १० बजेतिर घरआंगनमै रहेको गोठमा सुतेका उनी बिहान ३ बजेतिर अचानक विद्युत सर्ट भई आगलागि हुँदा भाग्न नसकेर जलेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
- टिनको छाना तथा फुस र टाटीको बेराले बनेको घरका साथै लत्ता कपडा, भाडाकुडा, खाद्यान्नलगायतका सरसामान जलेर नष्ट हुँदा करिब ३ लाख रुँपैया बराबरको क्षति भएको मृतकका छोरा मिश्रिलालले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया