शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान

राजविराज राजविराज
|
बुधबार, आश्विन २०, २०७८
|
|
५० पटक हेरिएको
Shares
शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी अपाङ्ग भई हिडडुल गर्न नसक्ने ६८ वर्षिय बौवालाल गुरमैताको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार साँझ नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
  •       नागरिकता नभएका कारण सरकारबाट पाउने सबै सुविधाबाट बञ्चित भएको जनगणनामा खटिएका सुपरिवेक्षक संदिप कर्णले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, इलाका प्रहरी कार्यालय कंचनपुृरका प्रमुख दिनेश कुमार कार्की, हनुमाननगर कंकालीनी नगरपालिकाका प्रमुख शैलेश साह तथा संचारकर्मीको टोली उनको घर पुगेको थियो ।
  •       सरकारबाट पाउने सुविधाका लागी नागरिकता आवश्यक रहेको र अपांग भएकै कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेको जानकारी आएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

दैनिक समाचारदाता
राजविराज, २० असोज । 
    शारिरीक रुपमा अशक्त एक व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी अपाङ्ग भई हिडडुल गर्न नसक्ने ६८ वर्षिय बौवालाल गुरमैताको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार साँझ नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । 
    नागरिकता नभएका कारण सरकारबाट पाउने सबै सुविधाबाट बञ्चित भएको जनगणनामा खटिएका सुपरिवेक्षक संदिप कर्णले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, इलाका प्रहरी कार्यालय कंचनपुृरका प्रमुख दिनेश कुमार कार्की, हनुमाननगर कंकालीनी नगरपालिकाका प्रमुख शैलेश साह तथा संचारकर्मीको टोली उनको घर पुगेको थियो । 
    सरकारबाट पाउने सुविधाका लागी नागरिकता आवश्यक रहेको र अपांग भएकै कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेको जानकारी आएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । 
    सो अवसरमा मेयर साहले गुरमैतालाई एक थान ह्वीलचेयर प्रदान गर्ने र एक साता भित्रै अपाङ्ग परिचय पत्र बनाई सरकारबाट पाउने सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । 
    गुरमैता जन्मजातै अपाङ्ग रहेको र सरकारी सेवा सुविधाबाट समेत बञ्चित रहदा आर्थिक समस्याले कष्टकर जिवन विताउन बाध्य छन् ।  
    जिल्ला प्रशासन कार्यालयले एकसाता अघि शारिरीक रुपमा अशक्त रुपनी गाउँपालिका ७४ वर्षिय मुसहरु खंग खत्वे र उनकी ७० वर्षिया पत्नी दशनी देवीलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
सबलले ल्यायो १८ करोडको बजेट
सबलले ल्यायो १८ करोडको बजेट
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
वर्षा नहुँदा धान रोपाई प्रभावित
वर्षा नहुँदा धान रोपाई प्रभावित