तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 

राजविराज राजविराज
|
आइतबार, कार्तिक ११, २०८१
|
|
१९ पटक हेरिएको
Shares
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 

सारांश

  •     आइतबार बिहान १० बजेदेखी पालिका कार्यालय अगाडी शिक्षकहरु अनिश्चितकालिन धर्नामा बसेका छन् ।
  • जसकारण पालिका भरिका ३० वटा विद्यालयका ७ हजार ८ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।
  •     चाड पर्वको मुखमा समेत काम गरेको तलब पाउन नसक्दा घर व्यवहार चलाउन समस्या भएको भन्दै सो पालिकाका ५ वटा मावि गरि ३० वटा विद्यालयका २ सय २० शिक्षकहरु आन्दोलित भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।

    तीन महिनादेखी तलब भत्ता नपाएको भन्दै सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिकाका सम्पूर्ण विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । 
    आइतबार बिहान १० बजेदेखी पालिका कार्यालय अगाडी शिक्षकहरु अनिश्चितकालिन धर्नामा बसेका छन् । जसकारण पालिका भरिका ३० वटा विद्यालयका ७ हजार ८ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।
    चाड पर्वको मुखमा समेत काम गरेको तलब पाउन नसक्दा घर व्यवहार चलाउन समस्या भएको भन्दै सो पालिकाका ५ वटा मावि गरि ३० वटा विद्यालयका २ सय २० शिक्षकहरु आन्दोलित भएका हुन् । 
    गठित संघर्ष समितिका संयोजक अशोक कुमार यादवले भने, “चालु आ.ब. को साउनदेखी असोज महिनासम्मको तलब भत्ता नपाउँदा भस्पनि नेपालीहरुको महान चाड दसैं जसोतसो ऋण लिएर काट्यौं, तर अब दोश्रो चाड तिहारको मुखमा पनि तलब पाउन नसकिए पुरानो ऋण चुक्ता नगरेको बेला पुनः ऋण दिन पनि कोही नमानेकोले पीडा भएको छ ।” उनले थपे, “आफुहरुको अन्य आमदानी श्रोत छैन्, तलबकै भरमा दिनचर्या निर्वाह गर्नुपर्छ र सोही तलबले चाडपर्व समेत मनाउनु पर्ने बाध्यता रहेको छ ।”
    शिक्षा तथा मानवश्रोत विकास केन्द्रले देशभरीमा कार्यरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता मासिक रुपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई पटक पटक निर्देशन तथा पत्राचार गरे पनि हालसम्म पालिकाहरुले त्यस्तो कुनै व्यवस्था नमिलाएको आन्दोलनरत शिक्षक राजनारायण यादवको गुनासो छ । 
    पालिकाले परिषद् नभएको कारण देखाई आफूहरुको तलब भत्ता पाउनबाट बञ्चित गराएको उनको आरोप छ । शिक्षक तथा कर्मचारीहरुले चाडपर्वको बेलामा पनि तलब भत्ता नपाउँदा जिवनयापन धान्ने कार्यमा समेत संकट उत्पन्न भएको उनले गुनासो पोखेका छन् । 
    यसअघि संघर्ष समितिले कात्तिक ६ गते पालिका प्रमुख बिरेन्द्र माझीलाई तीन दिनको अल्टिमेटमसहित तलब भत्ता अविलम्ब निकासा गर्ने बारे ज्ञापनपत्र बुझाएका थिए । सो अवधीमा तलब भत्ता निकासा नभए कात्तिक ११ गते आइतबारदेखी सम्पूर्ण विद्यालय बन्द गरि पालिकाको मूल गेट अगाडी धर्नामा बस्ने ज्ञापनपत्रमा उल्लेख छ । सोही अनुसार शिक्षकहरु धर्नामा बसेको आधारभुत विद्यालय भलुवाका प्रअ समेत रहेका संघर्ष समितिका संयोजक यादवले जानकारी दिए । 
    सो ज्ञापन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय एकाई, पत्रकार महासंघ र नेपाल शिक्षक महासंघ सप्तरीलाई बोदार्थ गरिएको थियो ।     यता नगरपालिकाका जनप्रतिनिधिबीचको आपसी विवादका कारण नगरसभा हुन सकेको छैन् । जसकारण चालु आ.ब. २०८१÷८२ को साउनदेखी शिक्षकले मात्र नभई त्यहा कार्यरत कर्मचारीहरुसमेतले तीन महिनादेखी तलब पाउन सकेका छैनन् । 
    नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमै नगरसभा सम्पन्न हुन नसकेको लाचारी व्यक्त गरे । उनले नगरपालिकामा प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधीलाई विश्वासमा लिएर छिट्टै नगरसभा सम्पन्न गरि सृजित समस्याको समाधान गर्न आफू प्रयासरत रहेको जनाएका छन् । 
    माझी जनतम पार्टीबाट निर्वाचित भएका हुन् । तर उपप्रमुखदेखी बहुमत वडाअध्यक्ष र सदस्यहरु अन्य पार्टीबाट निर्वाचित भई आएको र आपसी तालमेल कायम हुन नसक्दा पटक पटक विवाद सृजना हुने गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द
कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 
सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी