मिथिला देवघर साइकल यात्रा २०७६ सुरु

राजविराज राजविराज
|
बुधबार, श्रावण २२, २०७६
|
|
६९ पटक हेरिएको
Shares
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु

सारांश

  •      मिथिला साहित्य कला प्रतिष्ठानको आयोजना तथा मैथिली साहित्य परिषद् राजविराजको संयोजनमा ३२ जना साइकलयात्रीहरु देवघरतर्फ प्रस्थान गरेका हुन् ।
  •       मैथिली भाषा, साहित्य, कला–संस्कृतिको उन्नयनमा योगदान पु¥याउने उद्देश्यका साथ सो साइकल यात्रा सुरु भएको हो ।
  •       राजविराजबाट ३ सय ३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राकालागि १५ दिनको समय तय गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 
    सप्तरीबाट भारतको देवघरकालागि मिथिला देवघर साइकल यात्रा २०७६ मंगलबारदेखी शुभारम्भ भएको छ ।
     मिथिला साहित्य कला प्रतिष्ठानको आयोजना तथा मैथिली साहित्य परिषद् राजविराजको संयोजनमा ३२ जना साइकलयात्रीहरु देवघरतर्फ प्रस्थान गरेका हुन् । 
    मैथिली भाषा, साहित्य, कला–संस्कृतिको उन्नयनमा योगदान पु¥याउने उद्देश्यका साथ सो साइकल यात्रा सुरु भएको हो । 
    राजविराजबाट ३ सय ३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राकालागि १५ दिनको समय तय गरिएको जनाइएको छ । 
    सप्तरीको बिरपुरको गाउँबाट डिहबार थानमा पूजाआजा गरी सदरमुकाम राजविराज आईपुगेको साइकल यात्रीहरुलाई मैथिली भवनमा आयोजित एक कार्यक्रमका बीच अभिनन्दन गर्दै विदाई गरिएको हो । 
    साइकलयात्रीहरुको टोलीलाई विदाई गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षीले मातृभाषा मैथिलीको प्रचार–प्रसार तथा नेपाल–भारतका मैथिलीभाषी बीचको सम्वन्ध विस्तार हुने विश्वास व्यक्त गरे । मैथिली र मिथिलाको झण्डा अराध्यदेव पशुपतिनाथको देशबाट देवघरसम्मको यात्रा गर्नु सराहनीय रहेको उनले बताए ।
    कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष प्रा. अमरकान्त झा, पूर्व अध्यक्ष एवम् लेखक देवेन्द्र मिश्र, पूर्व अध्यक्ष शुभचन्द्र झा, परिषद्का अध्यक्ष अशोक कुमार झा, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, सखी बहिनपाकी अध्यक्ष आरती झा, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, मैथिली साहित्य साहित्य परिषद्का सचिव समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, वडा अध्यक्ष विनोद कुमार यादव, सङ्गोर मिथिलाका तेजु मैथिल, समाजसेवी ललन कुमार यादव, कवि किरण झा लगायतले यात्रा सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
    सम्भवतः नेपालमै पहिलोपटक सामुहिक रुपमा ‘मिथिला देवघर साइकल यात्रा शुभारम्भ भएको हो । उक्त यात्राकालागि छिन्नमस्ता एजुकेशनल एकेडेमी राजविराज, चर्चित मैथिली अभियानी एवम् गायिका रुपा झा, प्रा. अशोक कुमार झा, बरही बीरपुरका समाजसेवी ललन कुमार यादव, विनोद कुमार यादव लगायतले सहयोग गरेका छन् । 
    विश्वको सरल, मिठास एवम् समृद्ध मानिएको मैथिली भाषाको विषयमा थप प्रचार–प्रसार तथा एक–आपसमा सम्वन्ध विस्तारका साथै मैथिली लोकगायन परम्परा एवम् शैलीको आदान–प्रदान र मैथिली भाषा, साहित्य, कला, संस्कृती समेतको क्षेत्रमा जागरण ल्याउने उद्देश्यका साथ यात्रा प्रारम्भ गरिएको यात्राका संयोजक सुभाष बिरपुरियाले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
घुरबाट सल्केको आगोले एक महिला  घाइते, आधा दर्जन घर नष्ट
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
आजदेखि माध्यमिक शिक्षा  परिक्षा (एसइई) सुरू, सप्तरीबाट ९ हजार ९८ परिक्षार्थी सहभागी हुदै