काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन

राजविराज राजविराज
|
मंगलबार, चैत्र ८, २०७८
|
|
४१ पटक हेरिएको
Shares
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन

सारांश

  •     दोस्रो पटक पुनः जिम्मेवारी पाएका नवनिर्वाचित क्षेत्रीय सभापति महानन्द प्रसाद यादवलाई केन्द्रीय सदस्य दिनेशकुमार यादवले प्रमाणपत्र विवरण गर्दै पदस्थापन गराए ।
  •       केन्द्रीय सदस्य यादवले पार्टीभित्र भएको आन्तरिक चुनावलाई ‘लोकतन्त्रको अभ्यास’ को संज्ञा दिँदै यसमा कसैको हारजित नभई कांग्रेसको जित भएको बताए ।
  •     यस्तै जिम्मेवारी ग्रहन गर्दै क्षेत्रीय सभापति यादवले अबको लक्ष्य स्थानीय तहको निर्वाचन रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. २ का नवनिर्वाचित क्षेत्रीय समितिका पदाधिकारीहरुको मंगलबार पदस्थापन गरिएको छ । 
    दोस्रो पटक पुनः जिम्मेवारी पाएका नवनिर्वाचित क्षेत्रीय सभापति महानन्द प्रसाद यादवलाई केन्द्रीय सदस्य दिनेशकुमार यादवले प्रमाणपत्र विवरण गर्दै पदस्थापन गराए । 
    केन्द्रीय सदस्य यादवले पार्टीभित्र भएको आन्तरिक चुनावलाई ‘लोकतन्त्रको अभ्यास’ को संज्ञा दिँदै यसमा कसैको हारजित नभई कांग्रेसको जित भएको बताए ।
    यस्तै जिम्मेवारी ग्रहन गर्दै क्षेत्रीय सभापति यादवले अबको लक्ष्य स्थानीय तहको निर्वाचन रहेको बताए । कांग्रेस कार्यकर्ता एकजुट भएर लागेमा सप्तरीका १८ मध्ये दुई तिहाई स्थानीय तह कांग्रेसले नै जित्ने दाबी गरे । 
    उपसभापति महेन्द्र यादव, श्याम यादव, सचिव मनोज माझी, विष्णुदेव यादव, सहसचिव दिपक चौधरी, पुनमकुमारी साह तथा अन्य सदस्यहरुलाई भने नवनिर्वाचित क्षेत्रीय सभापति यादवले पदस्थापन गराए । 
    कार्यक्रममा कांग्रेसका पूराना नेता विरबल विराजी, नवनिर्वाचित जिल्ला सभापति रामदेव साह, क्षेत्र नम्वर १ का सभापति ललनप्रसाद गुप्ता, प्रदेश क का सभापति महेन्द्र यादव, प्रदेश ख का सभापति श्याम यादव, महाधिवेशन प्रतिनिधि रन्धिर कर्ण, युवा नेता किरण भगत, अमिर झा, फत्ते मोहम्मद, निर्वाचन समितिका प्रतिनिधि संतोश भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा टोकन प्रणाली लागु
अस्पतालमा टोकन प्रणाली लागु
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
वाइसिएल सप्तरीको भेला सम्पन्न 
वाइसिएल सप्तरीको भेला सम्पन्न 
कृषि ज्ञान केन्द्रका प्रमुखसहित चार अधिकृत एकै दिन अनुपस्थित
कृषि ज्ञान केन्द्रका प्रमुखसहित चार अधिकृत एकै दिन अनुपस्थित
सप्तरीमा चुनावी माहोल उत्कर्षमा
सप्तरीमा चुनावी माहोल उत्कर्षमा
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह