दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
राजविराज नगरपालिका वडा नं. १ पडरीयामा जीविकोपार्जन गर्नका लागि कृषक समुहले लगाएको तरकारी खेतीबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् ।
माँ भगवती कृषक समुहले ४ बिगहा खेत लिजमा लिएर काउली, लौका, खुर्सानी, बन्धाकोभी, गोलभेडा लगायत हरियो तरकारी लगाएका छन् ।
समूहको अध्यक्ष देवकान्त नौनियासहित अन्य कृषकहरु मिलेर लगाइएको तरकारी खेतिबाट मनग्य आम्दानी गर्ने गरेका छन् । खेतीबारीको आम्दानीबाट सदस्यहरुले समुह वचत मासिक रुपमा १ सय रुपैया बचत समेत गर्ने गरेका छन् ।
सेभ द सप्तरीले बिउबिजन अर्गानिक मल वनाउने सामग्री सहयोग गरेपछि उनीहरु धानबालीको खेतिपाती छाडेर दुई बर्षदेखि तरकारी खेतिमै लागेको सेभ द सप्तरी कृषि प्राबिधिक रामकुमार साहले बताए ।
संस्थाको प्राविधिक सहयोग अनुसार जिरो वजेट फार्मिङ्ग अवधारणा अनुसार पर्ति खेतमा विना खनजोत गरि लसुन खेतीको नमुना अभ्यास शुरुवात गरिएको छ ।
बिहीबार स्थानीय जनप्रतिनिधि सम्मिलित संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा तरकारी खेतीको अनुगमन गरेका छन् ।
राजविराज नगरपालिका १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, सेभ द चिल्ड्रेनका जिविकोपार्जन संयोजक दिपक बुढाथोकी र शिक्षा संयोजक असबिर सारु, सेभ द सप्तरीका कार्यक्रम संयोजक संतोष यादव, फिल्ड अधिकृत सत्यनारायण थारु, कृषि प्रविधिक रामकुमार साह, सुपरभाइनर भुपेन्द्र सदा समुदायिक परिचालक रामु यादव र पत्रकार अरुण यादव लगायतको सहभागितामा अनुगमन गरिएको हो ।
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
सारांश
- माँ भगवती कृषक समुहले ४ बिगहा खेत लिजमा लिएर काउली, लौका, खुर्सानी, बन्धाकोभी, गोलभेडा लगायत हरियो तरकारी लगाएका छन् ।
- समूहको अध्यक्ष देवकान्त नौनियासहित अन्य कृषकहरु मिलेर लगाइएको तरकारी खेतिबाट मनग्य आम्दानी गर्ने गरेका छन् ।
- खेतीबारीको आम्दानीबाट सदस्यहरुले समुह वचत मासिक रुपमा १ सय रुपैया बचत समेत गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया