तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

राजविराज राजविराज
|
बिहिबार, मंसिर २८, २०८०
|
|
७४ पटक हेरिएको
Shares
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

सारांश

  •     माँ भगवती कृषक समुहले ४ बिगहा खेत लिजमा लिएर काउली, लौका, खुर्सानी, बन्धाकोभी, गोलभेडा लगायत हरियो तरकारी लगाएका छन् ।
  •       समूहको अध्यक्ष देवकान्त नौनियासहित अन्य कृषकहरु मिलेर लगाइएको तरकारी खेतिबाट मनग्य आम्दानी गर्ने गरेका छन् ।
  • खेतीबारीको आम्दानीबाट सदस्यहरुले समुह वचत मासिक रुपमा १ सय रुपैया बचत समेत गर्ने गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 

    राजविराज नगरपालिका वडा नं. १ पडरीयामा जीविकोपार्जन गर्नका लागि कृषक समुहले लगाएको तरकारी खेतीबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् । 
    माँ भगवती कृषक समुहले ४ बिगहा खेत लिजमा लिएर काउली, लौका, खुर्सानी, बन्धाकोभी, गोलभेडा लगायत हरियो तरकारी लगाएका छन् । 
    समूहको अध्यक्ष देवकान्त नौनियासहित अन्य कृषकहरु मिलेर लगाइएको तरकारी खेतिबाट मनग्य आम्दानी गर्ने गरेका छन् । खेतीबारीको आम्दानीबाट सदस्यहरुले समुह वचत मासिक रुपमा १ सय रुपैया बचत समेत गर्ने गरेका छन् ।
    सेभ द सप्तरीले बिउबिजन अर्गानिक मल वनाउने सामग्री सहयोग गरेपछि उनीहरु धानबालीको खेतिपाती छाडेर दुई बर्षदेखि तरकारी खेतिमै लागेको सेभ द सप्तरी  कृषि प्राबिधिक रामकुमार साहले बताए ।
    संस्थाको प्राविधिक सहयोग अनुसार जिरो वजेट फार्मिङ्ग अवधारणा अनुसार पर्ति खेतमा विना खनजोत गरि लसुन खेतीको नमुना अभ्यास शुरुवात गरिएको छ ।
    बिहीबार स्थानीय जनप्रतिनिधि सम्मिलित संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा तरकारी खेतीको अनुगमन गरेका छन् । 
    राजविराज नगरपालिका १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, सेभ द चिल्ड्रेनका जिविकोपार्जन संयोजक दिपक बुढाथोकी र शिक्षा संयोजक असबिर सारु, सेभ द सप्तरीका कार्यक्रम संयोजक संतोष यादव, फिल्ड अधिकृत सत्यनारायण थारु, कृषि प्रविधिक रामकुमार साह, सुपरभाइनर भुपेन्द्र सदा समुदायिक परिचालक रामु यादव र पत्रकार अरुण यादव लगायतको सहभागितामा अनुगमन गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी