आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी

सारांश

  •     शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त सूचना जारी गर्दै सात दिनको अवधि भित्र चोरिएका र लुटिएका सार्वजनिक सम्पत्ति फिर्ता नगरिए प्रचलित कानून बमौजिम कारवाहि प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।
  •       गत मंगलबार जेनजी समुहको ध्वासांत्मक आन्दोलनका क्रममा याहाँका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरिएको थियो ।
  •       यस क्रममा पूर्वाधार विकाश कार्यालय, डिभिजन वन कार्यालय, हुलाक कार्यालय, नापी कार्यालय, सप्तरी जिल्ला आदालत, उच्च अदालत जनकपुर राजविराज ईजलास, राजविराज नगरपालिका, सघन सहरी लगायका कार्यालयहरुमा व्यापक तोडफोड र आगजनीसगै लाखौ मूल्य बराबरको सम्पत्ति समेत लुटेर लगिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ भदौ । 

    जेनजी आन्दोलतनका क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान र कार्यालयहरुबाट मंगलबार चोरिएका र लुटिएका जीन्सी र नगद सात दिन भित्र बुझाउन स्थानीय प्रसाशनले एक सूचना मार्फत चेतावनी दिएको छ । 
    शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त सूचना जारी गर्दै सात दिनको अवधि भित्र चोरिएका र लुटिएका सार्वजनिक सम्पत्ति फिर्ता नगरिए प्रचलित कानून बमौजिम कारवाहि प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो । 
    गत मंगलबार जेनजी समुहको ध्वासांत्मक आन्दोलनका क्रममा याहाँका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरिएको थियो । 
    यस क्रममा पूर्वाधार विकाश कार्यालय, डिभिजन वन कार्यालय, हुलाक कार्यालय, नापी कार्यालय, सप्तरी जिल्ला आदालत, उच्च अदालत जनकपुर राजविराज ईजलास, राजविराज नगरपालिका, सघन सहरी लगायका कार्यालयहरुमा व्यापक तोडफोड र आगजनीसगै लाखौ मूल्य बराबरको सम्पत्ति समेत लुटेर लगिएको थियो । 
    यसरी चोरी तथा लुटेर लग्दै गरेको दृश्य र प्रमाणहरु सीसी टिभि फुटेज, टीकटक, फेसबुक र विभिन्न संचार माध्यमबाट समेत स्पट भईसकेको उल्लेख गर्दै सूचना मार्फत लुटिएका र चोरी गरी लगिएका सम्पत्ति सात दिन भित्र जिल्ला प्रशासन कार्यालयमा नबुझाए कानूनी कार्वाहीमा पर्नेतर्फ सचेत पनि गराईएको छ । 
    प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आन्दोलनको निहुँमा लुटपाट र चोरी गर्ने अधिकाशको विभिन्न माध्यमबाट पहिचान भईसकेको र सार्वजनिक सम्पत्ति सात दिन भित्र फिर्ता ल्याउन सम्बन्धित व्यक्तिलाई एक मौका दिएको बताए । 
    सूचनाको अवज्ञा गरी सात दिन भित्र राष्टको सम्पत्ति फिर्ता नल्याए त्यस्ता व्यत्तिलाई नियन्त्रणमा लिएर कानूनी कार्वाही अघि बढाउने उनको भनाई छ । 
    आन्दोलनका क्रममा आएको प्रदर्शनकारीको हुलले विभिन्न कार्यालयहरुमा तोडफोड र आगजनी गर्न थालेपछि कर्मचारीहरुमा भागाभाग मच्चिएको थियो । सोही मौका छोपेर प्रदर्शनकारीको हुलमा मिसिएका कतिपय युवाहरु कार्यालयका जिन्सी सामान र नगद रकम लुटपाट र चोरी गरि घर लगेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?