नारी दिवसमा र्‍याली, सभा तथा सम्मान

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २४, २०७७
|
|
७५ पटक हेरिएको
Shares
नारी दिवसमा र्‍याली, सभा तथा सम्मान

सारांश

  •     राजविराज जेसिज, इन्सेक, परिकल्पना नेपाल, ग्रिन नेपाल, समग्र जनउत्थान केन्द्र, जिल्ला बार एशोसिएशन, सप्तरी युथ नेपाल, नेपाल प्रहरी, महिला अधिकार रक्षक संजाल, मारवाडी महिला मञ्च लगायतका संघसंस्थाको संयुक्त सहभागितामा स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
  •       “विभेद रहित कानुन बनाऔं, लैङ्गिक विभेद अन्त्य गर, हिंसा र विभेद बन्द गरौं, निर्णायक तहमा महिलाको सहभागिता बढाऔं” लगायतका नारा लेखिएको प्ले कार्डसहित निस्केको र्‍याली बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला समन्वय समितिको सभाकक्षमा पुगि विचार गोष्ठिमा परिणत भएको थियो ।
  •       मुल समारोह समितिकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि दहेज मुक्त मिथिलाका अध्यक्ष करुणा झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, डिएसपी भुवनेश्वर साह, डा.

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार राजविराजमा विभिन्न मानवअधिकारवादी र सामाजिक संघसंस्थाले संयुक्त रुपमा र्‍याली र सभाको आयोजना गरि मनाएका छन् । 
    राजविराज जेसिज, इन्सेक, परिकल्पना नेपाल, ग्रिन नेपाल, समग्र जनउत्थान केन्द्र, जिल्ला बार एशोसिएशन, सप्तरी युथ नेपाल, नेपाल प्रहरी, महिला अधिकार रक्षक संजाल, मारवाडी महिला मञ्च लगायतका संघसंस्थाको संयुक्त सहभागितामा स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 
    “विभेद रहित कानुन बनाऔं, लैङ्गिक विभेद अन्त्य गर, हिंसा र विभेद बन्द गरौं, निर्णायक तहमा महिलाको सहभागिता बढाऔं” लगायतका नारा लेखिएको प्ले कार्डसहित निस्केको र्‍याली बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला समन्वय समितिको सभाकक्षमा पुगि विचार गोष्ठिमा परिणत भएको थियो । 
    मुल समारोह समितिकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि दहेज मुक्त मिथिलाका अध्यक्ष करुणा झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, डिएसपी भुवनेश्वर साह, डा. रन्जना गिरी, पत्रकार धिरेन्द्र साह, नानीमैया कटुवाल, हेमशंकर सिंह, कानुन व्यवसायी मनु खनाललगायतले महिलाको सम्मान र सबै क्षेत्रमा सहभागिता सुनिश्चित गर्न जोड दिएका थिए । 
    कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्‍याए वापत जेष्ठ महिला राजविराज ६ की ८२ वर्षिया मेनकादेवी पोखरेललाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु