दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
राणाकालमै २००८ सालमा निर्माण भएको राजविराज कारागार सरकारी उपेक्षाका कारण जीर्ण, लथालिङ र असुरक्षित बन्दै गएको छ । कारागारको जग्गा अन्य व्यक्तिसँगै त्यही कार्यरत सेवानिवृत कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा भएको छ ।
मुलुककै पुराना कारागार मध्येका एक राजविराजस्थित कारागार अहिले विभिन्न समस्याले ग्रसित भइरहेको बेला सेवानिवृत कर्मचारीबाटै जग्गा अतिक्रमण भएको खुलासा भएको हो ।
कुल २ विगहा १३ धुर क्षेत्रफल रहेको कारागारको १ विगहा जग्गा अतिक्रमणको चपेटमा परेको छ । जग्गा अतिक्रमण गर्नेमा स्थानीयवासीसँगै राजविराज कारागारबाट सेवानिवृत चार जना कर्मचारी समेत रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागार श्रोतका अनुसार सेवानिवृत कर्मचारीहरु मध्ये एक जना खरदार, एक जना सुरक्षागार्ड र दुई जना चौकिदार समेतले कारागारको जग्गा अतिक्रमण गरेर घर टहरा बनाएका छन् ।
जेलर प्रविण कुमार अधिकारीका अनुसार कारागारको अतिक्रमित जग्गामा पक्की र फुसका गरि करिब ८० वटा घर निर्माण भइसकेको छ । अतिक्रमित जग्गा खाली गराउन राजविराज नगरपालिका, कारागार विभाग र स्थानीय प्रशासनले विगत १० वर्षमा “अतिक्रमित जग्गा खाली गर्ने” सम्बन्धी ३५ र १५ दिने सूचना चार दर्जन भन्दा बढी पटक जारि गरेपनी सूचना कार्यान्वयनमा ल्याउन नसकिएको उनको भनाई छ ।
यता एक सय २५ जनाको क्षमता भएको सो कारागारमा हाल १४ महिलासहित ४ सय ७६ कैदीबन्दी राखिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिएका छन् । एकातिर जीर्ण भवन अर्कोतिर क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी राख्नु पर्दा जोखिमसँगै निगरानी र व्यवस्थापन गर्न पनि समस्या भएको उनको भनाई छ ।
पुरानो, जिर्ण र साँघुरो कारागारमा १ सय २५ जनाको क्षमता रहेकोमा चौब्बर कैदीबन्दी कोच्चिएर राखिएका छन् भने अर्कोतिर अतिक्रमण, दरबन्दी अनुसारको स्वास्थ्यकर्मी, जेनरेटर, इन्भटर लगायत भौतिक सरसामान समेतको अभाव कारण समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा दम, श्वासप्रश्वास, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेह लगायतका रोगले पीडित कैदीबन्दीको संख्या ठूलै रहेपनि स्वास्थ्यकर्मी नहुँदा समस्या हुने गरेको उनले सुनाए । कारागारमा एकजना स्वास्थ्यकर्मीको दरबन्दी छ । त्यो पनि पदपूर्ती हुन सकेको छैन् उनले बताए ।
कारागारमा रहेका कैदीबन्दी अहिले सम्मकै उच्च संख्या भएको उनले जानकारी दिए । क्षमता भन्दा अत्याधिक कैदीबन्दी राख्दा समस्या भएपछि संख्या घटाउन अन्यत्रको कारागारमा सरुवाको प्रयास गरेपनि घरपायकको मोहका कारण कैदीबन्दी अन्यत्रको कारागारमा जान नमानेको उनको कथन छ । क्षमता भन्दा चौब्बर कैदीबन्दी भएपछि शौच र नुहाउनेदेखी खाना पकाउन र खान पनि लाइन लाग्ने गरेको उनले सुनाए ।
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
सारांश
- मुलुककै पुराना कारागार मध्येका एक राजविराजस्थित कारागार अहिले विभिन्न समस्याले ग्रसित भइरहेको बेला सेवानिवृत कर्मचारीबाटै जग्गा अतिक्रमण भएको खुलासा भएको हो ।
- कुल २ विगहा १३ धुर क्षेत्रफल रहेको कारागारको १ विगहा जग्गा अतिक्रमणको चपेटमा परेको छ ।
- जग्गा अतिक्रमण गर्नेमा स्थानीयवासीसँगै राजविराज कारागारबाट सेवानिवृत चार जना कर्मचारी समेत रहेको कारागार प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया