दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
राजविराजमा जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा मै तथा अन्यले २५ रुँपैया मै विभिन्न रोगको परिक्षण गर्न पाउने भएका छन् ।
मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा मंगलबारदेखी “राजविराज जनस्वास्थ्य प्रयोगशाला” को शुभारम्भ भएको छ ।
प्रयोगशालामा जेष्ठ नागरिकका लागि सबै प्रकारका जाँचमा ७५ प्रतिशत छुट दिइने प्रयोगशालाकी इन्चार्ज नितु देवले जानकारी दिएकी छिन् । डेंगु, मलेरिया र एचआइभी एड्सको निशुल्क परिक्षण गरिनुका साथै विभिन्न ६२ प्रकारका रोगहरुको परिक्षण हुने उनले बताइन् ।
प्रयोगशालामा न्युनतम २५ रुँपैयादेखी अधिकतम ३ सय रुँपैयासम्म सर्वसाधारणका लागि शुल्क निर्धारण गरिएको छ ।
ग्यास्ट्रीक साइटिस, एचसायोलोरी, लिक्युड प्रोफाइल र आरएफटी जाँचको ३ सय रुँपैया शुल्क निर्धारण गरिएको तथा दिसा, पिसाब, आरबिसी, मधुमेह लगायतको जाँच २५ रुँपैयामा मै गरिने नगरपालिकाका स्वास्थ्य शाखाका इन्चार्ज निरन्जन यादवले जानकारी दिए ।
यसैबीच नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिन र जिल्ला न्यायाधिश हेमन्त रावलले एक समारोहबीच प्रयोगशालाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
सेवा उद्घाटनको अवसरमा कार्यवाहक नगरप्रमुख परबिनले स्वास्थ्य उपचार सबैका लागि सहज बन्न सकोस् भन्ने उद्देश्यका साथ प्रयोगशाला स्थापन गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।
प्रयोगशालामा गरिब, असाहय तथा विपन्न समुदायका बिरामीलाई स्वास्थ्य जाँचमा सहुलियत पुग्ने विश्वास लिइएको छ ।
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
सारांश
- मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा मंगलबारदेखी “राजविराज जनस्वास्थ्य प्रयोगशाला” को शुभारम्भ भएको छ ।
- प्रयोगशालामा जेष्ठ नागरिकका लागि सबै प्रकारका जाँचमा ७५ प्रतिशत छुट दिइने प्रयोगशालाकी इन्चार्ज नितु देवले जानकारी दिएकी छिन् ।
- डेंगु, मलेरिया र एचआइभी एड्सको निशुल्क परिक्षण गरिनुका साथै विभिन्न ६२ प्रकारका रोगहरुको परिक्षण हुने उनले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया