औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”

राजविराज राजविराज
|
मंगलबार, मंसिर १३, २०७९
|
|
२० पटक हेरिएको
Shares
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”

सारांश

  •     बिराटनगरस्थित औषधी ब्यवस्था विभागका फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले स्थानिय केही औषधी पसलबाट म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका कम्पनीका औषधीहरु नियन्त्रणमा लिएको हो ।
  •       स्थानिय बजारमा म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका औषधी खुल्ला बिक्रि बितरण भएको जनगुनासो आएपछि औषधी पसलहरुमा अनुगमन गरिएको हो ।
  •       अनुगमन टोली बजार पुगेको सुइको पाएपछि अधिकांश औषधी ब्यवसायी पसलको सटर बन्द गरेर हिडेको टोलीका प्रमुख मिश्रले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।

    सप्तरी सदरमुकाम राजविराजका विभिन्न औषधी पसलमा बिक्री बितरणका लागि राखिएका म्याद गुज्रेका तथा नेपालमा बिक्रि बितरणको इजाजत नपाएका कम्पनीका औषधीहरु औषधी व्यवस्था विभागको अनुगमन टोलीले मंगलबार नियन्त्रणमा लिएको छ । 
    बिराटनगरस्थित औषधी ब्यवस्था विभागका फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले स्थानिय केही औषधी पसलबाट म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका कम्पनीका औषधीहरु नियन्त्रणमा लिएको हो । 
    स्थानिय बजारमा म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका औषधी खुल्ला बिक्रि बितरण भएको जनगुनासो आएपछि औषधी पसलहरुमा अनुगमन गरिएको हो । 
    अनुगमन टोली बजार पुगेको सुइको पाएपछि अधिकांश औषधी ब्यवसायी पसलको सटर बन्द गरेर हिडेको टोलीका प्रमुख मिश्रले बताए ।
    उनले बजार अनुगमनका क्रममा पसल बन्द गरि हिडेका औषधी पसलहरुमा कुनै बेला पनि छड्के अनुगमन गर्ने तयारी भएको समेत बताए । अनुगमनसँगै टोलीले औषधी पसलेलाई बिरामी मारमा नपर्ने गरि आ–आफ्नो ब्यवसाय संचालन गर्न र आइन्दा यस्तो अवैध कारोबार नगर्न पनि सचेत गराउने गरेको टोली प्रमुख मिश्रले बताए । 
    अनुगमनका क्रममा गैरकानुनी रुपमा संचालन गरिएका, दर्ता हुन बाँकी रहेका र कर तिर्न बाँकी रहेका पसलेलेलाई कानुनको दायरामा आउनका लागि समेत समयसीमा तोकिने गरिएको छ । 
    यसअघि सोमबार सप्तरीको हनुमाननगर कंकालिनी र बोदेबरसाइन नगरपालिकास्थित विभिन्न औषधी पसलमा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता