महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 

राजविराज राजविराज
|
बिहिबार, मंसिर १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 

सारांश

  •     युनाइटेड डेभलपमेन्ट नेपाल, राजविराज नगरपालिका वडा नं ४ को कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, सप्तरी बढाउ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
  •     कार्यक्रममा सहजकर्ताहरूले महिला हिंसा, महिला हिंसाका कारण, अहिले महिला हिंसाको अवस्था, महिला हिंसा न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधान लगायतका विषयमा सहजिकरण गरेका थिए ।
  •     कार्यक्रममा परिकल्पना नेपालको अध्यक्ष पत्रकार सुधा देव, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख मनिषा सिम्खडा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।

    “घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं” नाराका साथ १६ दिने अभियान अन्तर्गत बिहीबार महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    युनाइटेड डेभलपमेन्ट नेपाल, राजविराज नगरपालिका वडा नं ४ को कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, सप्तरी बढाउ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा सहजकर्ताहरूले महिला हिंसा, महिला हिंसाका कारण, अहिले महिला हिंसाको अवस्था, महिला हिंसा न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधान लगायतका विषयमा सहजिकरण गरेका थिए ।
    कार्यक्रममा परिकल्पना नेपालको अध्यक्ष पत्रकार सुधा देव, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख मनिषा सिम्खडा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.स निकुन्दन कुशवाहले महिला हिंसाको विषयमा सहजिकरण गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेश साह, इनसेक प्रतिनिधि मनोहर कुमार पोखरेल लगायतले आ–आफ्ना मन्तव्य ब्यक्त गरेका थिए ।
    कार्यक्रममा न्यायपालि सदस्य ललिता कर्ण, सोनी रजक, वडा नं २ का महिला सदस्य मंजु खड्का, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष बबिता देव, संजय शर्मा, दिलिप दास मैथिली साहित्य परिषदका उपाध्यक्ष राजकुमार लाल दास लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?