बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३९ पटक हेरिएको
Shares
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव

सारांश

  •     राजविराजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त समस्या समाधानमा आफू बाधक रहेको कुरा प्रमाणित गरे राजनीतिबाटै सन्यास लिने उद्घोष समेत गरे ।
  •       आफ्नो नाम जोडेर केही व्यक्तिले त्यस्ता दुश्प्रचार गरेकोप्रति गम्भिर आपत्ति व्यक्त गर्दै उनले भने, “बिटौरी समस्या समाधानबाट रोक्न र हुलाकी राजमार्गलाई सिरहा रोडहुँदै अदालत रोड तर्फबाट लैजान मैले पहल गरेको भनी मेरो बारेमा दुश्प्रयास भएको छ, ती समस्या समाधानकै लागि आफ्नो स्तरबाट पहल गर्दा गर्दै पनी मलाई बदनाम गराउने षडयन्त्र दुर्भाग्यपूर्ण छ ।
  • ”     आफू मेयर भएको बेला २०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजविराज नगरपालिकामा रहेको बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि आग्रह गरेको बताउँदै उनले अहिले पनि त्यसको समस्या समाधानमा आफूबाट हुन सक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका लागि तत्पर रहेको प्रतिबद्धता समेत जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।

    राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादवले बिटौरी र ब्लक जग्गा समस्या समाधानमा आफू बाधक बनेको भनी गरिएको दुश्प्रचारप्रति आपत्ति जनाएका छन् । 
    राजविराजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त समस्या समाधानमा आफू बाधक रहेको कुरा प्रमाणित गरे राजनीतिबाटै सन्यास लिने उद्घोष समेत गरे । 
    आफ्नो नाम जोडेर केही व्यक्तिले त्यस्ता दुश्प्रचार गरेकोप्रति गम्भिर आपत्ति व्यक्त गर्दै उनले भने, “बिटौरी समस्या समाधानबाट रोक्न र हुलाकी राजमार्गलाई सिरहा रोडहुँदै अदालत रोड तर्फबाट लैजान मैले पहल गरेको भनी मेरो बारेमा दुश्प्रयास भएको छ, ती समस्या समाधानकै लागि आफ्नो स्तरबाट पहल गर्दा गर्दै पनी मलाई बदनाम गराउने षडयन्त्र दुर्भाग्यपूर्ण छ ।”
    आफू मेयर भएको बेला २०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजविराज नगरपालिकामा रहेको बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि आग्रह गरेको बताउँदै उनले अहिले पनि त्यसको समस्या समाधानमा आफूबाट हुन सक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका लागि तत्पर रहेको प्रतिबद्धता समेत जनाएका छन् ।  
    आफ्नो कार्यकालमा अनलाइनमार्फत जग्गाको श्रेस्ता राख्ने मालपोत कार्यालयमा प्रणाली सुरु भएपछी बिटौरी जग्गा अनलाइनमा नदेखिने कारणले त्यस्तो भएको भन्दै आफूले त्यस्तो जग्गामा ऋण प्रवाहा गर्न कुनै वाधा रोकटोक नगरेको स्पष्ट पारे । 
    सोही पत्रकार सम्मेलनमा वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष माँगीलाल नाईले आफूहरुको कार्यकालमा बिटौरी जग्गा समस्याको लागि पहल भएको दाबीका साथ आगामी दिनमा पनि समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।      

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?