दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
सप्तरीका मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले बुधबार पुनः राजविराजमा प्रदर्शन गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडी धर्ना दिएका छन् ।
मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितहरुको ¥यालीले नाराबाजी गर्दै बजार परिक्रमा गरेर उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडी धर्नासहित प्रदर्शन गरेका थिए ।
ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका रामदेव साह भने अझैं फरार छन् ।
यसअघि जिल्ला अदालत सप्तरीका न्यायाधिश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले गत असार २३ गते ठगी तथा आपराधिक विश्वासघात मुद्दामा मिटरब्याजी साहका छोरा छोरी जिल्लाको खडक नगरपालिका ७ कल्याणपुर निवासी नन्दकिशोर साह र अनुराधा साहलाई कारागार चलान गरिसकेको छ ।
साह परिवारमाथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसकेपनि धिँतो फिर्ता नगरेको आरोप छ । पीडितहरुको उजुरीको आधारमा उनीहरु उपर ठगी तथा अपराधिक विश्वासघात मुद्दा चलाइएको प्रहरीको भनाई छ ।
मिटरब्याजी साहबाट पीडित परिवारद्वारा प्रदर्शन
सारांश
- मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितहरुको ¥यालीले नाराबाजी गर्दै बजार परिक्रमा गरेर उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडी धर्नासहित प्रदर्शन गरेका थिए ।
- ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका रामदेव साह भने अझैं फरार छन् ।
- यसअघि जिल्ला अदालत सप्तरीका न्यायाधिश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले गत असार २३ गते ठगी तथा आपराधिक विश्वासघात मुद्दामा मिटरब्याजी साहका छोरा छोरी जिल्लाको खडक नगरपालिका ७ कल्याणपुर निवासी नन्दकिशोर साह र अनुराधा साहलाई कारागार चलान गरिसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया