दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरी प्रहरीले १२ वर्षअघि ज्यान मार्ने उद्योग घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ३८ वर्षिय गोरिया भन्ने बिरेन्द्र मलाहालाई सार्वजनिक गरेको हो ।
विशेष सूराकीको आधारमा खटेको प्रहरी टोलीले उनलाई गाउँमै लुकेर कसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
बि.स. २०६५ असोज ६ गते सोही वडाका दौलत पाण्डे र उनको आफन्तमाथी भएको ज्याान मार्ने उद्योग घटनामा सप्तरी जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय फैसला सुनाइएपछि फरार रहेकाले मलाहालाई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक धमलाले बताए ।
यस्तै पत्रकार सम्मेलनमा पछिल्लो समय फरार अपराधी पक्राउ गर्न सप्तरी प्रहरीले चलाएको अभियान र मिलेको सफलता बारे बिबरण समेटिएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार साउन १ देखी पुस २४ सम्मको ६ महिने अवधीमा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ३ सय ९७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ ।
यसरी पक्राउ परेका अपराधीबाट जरिवाना वापत १० लाख ९८ हजार ३ सय २५ रुँपैया असुली भएको तथा उनीहरुको ६० वर्ष ९ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको प्रहरी उपरिक्षक धमलाले बताए ।
यसैबीच सोही पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले यस अवधीमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको इलाका प्रहरी कार्यालय कल्याणपुर, कडोरबोना र कंचनपुरमा समेत गरि कुल ४ सय ३७ मुद्दा दर्ता भएको जानकारी दिए ।
सोही अवधीमा भन्सार छलि अवैध रुपमा भित्राइएका २ करोड १२ लाख ८२ हजार ८ सय ७४ रुँपैया मुल्य बराबरको तीन थान पिकअप, ८२ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्रयाक्टर र दुई थान टेम्पु जफत गरि भन्सार कार्यालय बुझाइएको डिएसपी साहले जानकारी दिए ।
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ३८ वर्षिय गोरिया भन्ने बिरेन्द्र मलाहालाई सार्वजनिक गरेको हो ।
- विशेष सूराकीको आधारमा खटेको प्रहरी टोलीले उनलाई गाउँमै लुकेर कसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
- बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया