कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन

राजविराज राजविराज
|
बिहिबार, मंसिर ५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन

सारांश

  •     बुधबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रामनारायण मण्डल ३ सय मत प्राप्त गरि विजयी भएका हुन् ।
  • उनका प्रतिद्वन्द्वी श्यामसुन्दर मण्डलले २ सय ७१ मत प्राप्त गरे ।
  • त्यस्तै तेश्रो स्थानमा लक्ष्मण मण्डल १ सय ६० र चौथो स्थानमा सत्यजित झा (ज्योती) ले ३० मत प्राप्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    सप्तरीको भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिर विकास समितिको नयाँ कार्यसमितिको लागि सम्पन्न निर्वाचनको मतगणना परिणाम अनुसार अध्यक्ष पदमा रामनारायण मण्डल विजयी भएका छन् ।
    बुधबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रामनारायण मण्डल ३ सय मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी श्यामसुन्दर मण्डलले २ सय ७१ मत प्राप्त गरे । त्यस्तै तेश्रो स्थानमा लक्ष्मण मण्डल १ सय ६० र चौथो स्थानमा सत्यजित झा (ज्योती) ले ३० मत प्राप्त गरेका छन् । 
    यसैगरि उपाध्यक्ष पदमा चन्दन कापैर ४ सय ३५ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विनोद खड्गाले २ सय ६० मत प्राप्त गरे । त्यसैगरि सचिव पदमा आकाशराज भण्डारीले १ सय ८४ मत प्राप्त गरि विजयी भएका छन् भने सोही पदका उम्मेदवारहरु बिनोद रजकले १ सय २५, लक्ष्मण मण्डलले १ सय २५, लालकुमार यादवले १ सय १९ र प्रमोद झाले १ सय १ मत प्राप्त गरे । 
    कोषाध्यक्षमा चन्दनकुमार मण्डल २ सय ३१ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गोपालराज मण्डलले १ सय ६४ मत प्राप्त गरे । त्यस्तै सत्यनारायण मण्डलले १ सय ४२ र शम्भु मण्डलले १ सय ४२ मत प्राप्त गरेका छन् । 
    त्यसैगरि महिला सदस्यमा अनितादेवी अधिकारीले ४ सय ४५ मत प्राप्त गरि विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी निरसीदेवी कापैरले १ सय ९४ मत प्राप्त गरिन् । यस्तै दलित सदस्यमा बुदुर रामले ३ सय ६५ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी बेचन मलाहले २ सय ४२ मत प्राप्त गरे । 
    यस्तै खुल्ला सदस्यहरुमा दिनेश मण्डल २ सय ९७, जगदिश राउत २ सय ६५ विजयी, जोगेन्द्र मण्डल २ सय १०, जितेन्द्रकुमार दास २ सय २ र विरेन्द्रकुमार मण्डल १ सय ९३ मत प्राप्त गरि बिजयी भएका छन् । 
    ११ सदस्यीय मन्दिर विकास समितिको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा ८ सय ५७ जनाले मतदान गरेका थिए भने जम्मा मतदाता संख्या ९ सय ४४ रहेको निर्वाचन समितिका संयोजक जितेन्द्र खड्गााले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित