राजविराजमा महिला क्रिकेट सुरु

राजविराज राजविराज
|
सोमबार, कार्तिक २४, २०८२
|
|
५४ पटक हेरिएको
Shares
राजविराजमा महिला क्रिकेट सुरु

सारांश

  •     स्थानीय पविमाविको खेल मैदानमा सोमबारदेखी सुरु भएको प्रतियोगिताको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले उद्घाटन गरेका छन् ।
  •       क्रिकेट संघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले क्रिकेट खेलमा महिलाको सहभागिता अभिबृद्धि तथा स्तरिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
  •       प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली सिरहाले घरेलु टोली सप्तरीलाई ३ रनले पराजित गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 

    डिस्ट्रिक लेवल गल्र्स इन्टर हव टी–ट्वान्टी क्रिकेट प्रतियोगिता राजविराजमा सुरु भएको छ । 
    स्थानीय पविमाविको खेल मैदानमा सोमबारदेखी सुरु भएको प्रतियोगिताको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले उद्घाटन गरेका छन् । 
    क्रिकेट संघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले क्रिकेट खेलमा महिलाको सहभागिता अभिबृद्धि तथा स्तरिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे । 
    प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली सिरहाले घरेलु टोली सप्तरीलाई ३ रनले पराजित गरेको छ । टस हारेर पनि व्याटिङ गर्ने अवसर पाएको सिरहाले निर्धारित ओवरमा ८ विकेटको क्षतिमा ८० रनको चुनौती पेश गरेको थियो । 
    जवाफी व्याटिङमा उत्रेको घरेलु टोली सप्तरी निर्धारित ओवरमा ८ विकेट गुमाई ७७ रन मात्र बनाउन सफल भएपछी पराजयको सामना गर्नुप¥यो । 
    यसैगरी सोमबारै सम्पन्न दोश्रो खेलमा मोरङले धनुषालाई ९ विकेटले पराजित गरेको छ । टस जितेर धनुषाले १० ओभर १ बलमा सबै बिकेट गुमाएर २४ रन मात्र बनाउन सकेको थियो । प्रतिउत्तरमा मोरङले २ ओभर २ बलमा १ बिकेटको क्षतिमा बिजयी भएको थियो । 
    सबल नेपालको सहयोग, मधेश प्रदेश क्रिकेट संघ तथा सप्तरी क्रिकेट संघको समन्वयमा संचालित प्रतियोगितामा मोरङ, धनुषा, सिरहा र घरेलु टोली सप्तरी गरी कुल चार वटा महिला टिमको सहभागिता रहेको छ । 
    लिगकम नकआउट प्रणालीका आधारमा संचालित प्रतियोगिता २७ कात्तिक सम्म चल्ने छ । प्रतियोगितामा निरज सिंह, चन्दन यादव र सन्तोष देवले निर्णायकको भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पाँच सय गाँजाका बोटहरु फडानीपछि नष्ट
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?