दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
डिस्ट्रिक लेवल गल्र्स इन्टर हव टी–ट्वान्टी क्रिकेट प्रतियोगिता राजविराजमा सुरु भएको छ ।
स्थानीय पविमाविको खेल मैदानमा सोमबारदेखी सुरु भएको प्रतियोगिताको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले उद्घाटन गरेका छन् ।
क्रिकेट संघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले क्रिकेट खेलमा महिलाको सहभागिता अभिबृद्धि तथा स्तरिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली सिरहाले घरेलु टोली सप्तरीलाई ३ रनले पराजित गरेको छ । टस हारेर पनि व्याटिङ गर्ने अवसर पाएको सिरहाले निर्धारित ओवरमा ८ विकेटको क्षतिमा ८० रनको चुनौती पेश गरेको थियो ।
जवाफी व्याटिङमा उत्रेको घरेलु टोली सप्तरी निर्धारित ओवरमा ८ विकेट गुमाई ७७ रन मात्र बनाउन सफल भएपछी पराजयको सामना गर्नुप¥यो ।
यसैगरी सोमबारै सम्पन्न दोश्रो खेलमा मोरङले धनुषालाई ९ विकेटले पराजित गरेको छ । टस जितेर धनुषाले १० ओभर १ बलमा सबै बिकेट गुमाएर २४ रन मात्र बनाउन सकेको थियो । प्रतिउत्तरमा मोरङले २ ओभर २ बलमा १ बिकेटको क्षतिमा बिजयी भएको थियो ।
सबल नेपालको सहयोग, मधेश प्रदेश क्रिकेट संघ तथा सप्तरी क्रिकेट संघको समन्वयमा संचालित प्रतियोगितामा मोरङ, धनुषा, सिरहा र घरेलु टोली सप्तरी गरी कुल चार वटा महिला टिमको सहभागिता रहेको छ ।
लिगकम नकआउट प्रणालीका आधारमा संचालित प्रतियोगिता २७ कात्तिक सम्म चल्ने छ । प्रतियोगितामा निरज सिंह, चन्दन यादव र सन्तोष देवले निर्णायकको भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।
राजविराजमा महिला क्रिकेट सुरु
सारांश
- स्थानीय पविमाविको खेल मैदानमा सोमबारदेखी सुरु भएको प्रतियोगिताको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले उद्घाटन गरेका छन् ।
- क्रिकेट संघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले क्रिकेट खेलमा महिलाको सहभागिता अभिबृद्धि तथा स्तरिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
- प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली सिरहाले घरेलु टोली सप्तरीलाई ३ रनले पराजित गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया