लिटिल एन्जेल बिजयी

राजविराज राजविराज
|
बुधबार, पौष १३, २०७९
|
|
२५ पटक हेरिएको
Shares
लिटिल एन्जेल बिजयी

सारांश

  •     प्रतियोगिता अन्तर्गत चौथो खेलमा लिटिल एन्जेलले प्रतिष्ठान क्रिकेट टिमलाई ८ बिकेटले पराजित गरेको हो ।
  •       टस जितेर क्रिकेट बिकास प्रतिष्ठानले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १ सय ५० रनको योगफल खडा गरेको थियो ।
  • जसमा विशाल यादबले सर्वाधिक ५८, रोहित यादब २८, सुमन चौधरी १७, अमन मण्डल १४ र किसन साहले १२ रन जोडेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    क्रिकेट बिकास प्रतिष्ठानद्वारा राजविराजमा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तरगत बुधबारको खेलमा लिटिल एन्जेल स्कुल बिजयी भएको छ । 
    प्रतियोगिता अन्तर्गत चौथो खेलमा लिटिल एन्जेलले प्रतिष्ठान क्रिकेट टिमलाई ८ बिकेटले पराजित गरेको हो । 
    टस जितेर क्रिकेट बिकास प्रतिष्ठानले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १ सय ५० रनको योगफल खडा गरेको थियो । जसमा विशाल यादबले सर्वाधिक ५८, रोहित यादब २८, सुमन चौधरी १७, अमन मण्डल १४ र किसन साहले १२ रन जोडेका थिए । 
    बलिङतर्फ लिटिल एन्जेल स्कुलका नरेश कामैत २ बिकेट र गोपाल मण्डल÷शिव दास÷ निशान्त यादब १÷१ बिकेट हात पारेका थिए । प्रतिउतरमा लिटिल एन्जेल स्कुलले १४ ओभर ३ बलमा दुई बिकेट गुमाई बिजय हासिल गरेको थियो । 
    जसमा कर्णबहादुर बिकले आक्रमक ब्याटिंग गर्दै २ छक्का र ७ चौकाको मदतले ६६ रन अविजित खेलेपछि जित सहज भएको हो । त्यस्तै टिमका लागि प्रियान्सु कर्ण २६ र निशान्त यादबले १२ रन अविजित खेलेका थिए । 
    बलिङतर्फ प्रतिष्ठानका सुशान्त देव र सुमन चौधरी १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बिजय टिमका कर्ण बहादुर बिक घोषित भएका थिए भने घोषित म्यान अफ दि म्याच बिकलाई अम्पायर संघका अध्यक्ष निरज सिंहले कप प्रदान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
अपहरण पछि हत्या गरिएको घटनाका  अभियुक्त ११ वर्ष पछि पक्राउ
अपहरण पछि हत्या गरिएको घटनाका अभियुक्त ११ वर्ष पछि पक्राउ
अठार फरार अभियुक्त पक्राउ
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित