दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
पेट्रोल छर्केर जलाएर भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका देवरलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।
उक्त मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतका न्यायाधिश हर्कबहादुर क्षेत्रिको इजलाशले उक्त कर्तब्य ज्यान मुद्दाको सुनुवाई गर्दै यस्तो फैसला गरेको हो ।
सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी २२ वर्षिय देवर परमेश्वर साहले घरायसी विवादमा २७ वर्षिया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाई ज्यान मारेको अभियोगमा जन्मकैद र ३ लाख क्षतिपूर्ती भराउने फैसला भएको हो ।
यस्तै बयान फेरेको आरोपमा मृतकका पति २९ वर्षिय रबिन समेतलाई ५ दिन कैद र २ हजार जरिवानाको फैसला भएको अदालतले जनाएको छ ।
२०७८ साल माघ २१ गते घरमा खाना पकाइरहेका बेला अचानक पछाडीबाट आएका देवर परमेश्वरले पेट्रोल खन्याई आगो लगाइदिदा राजकुमारी गम्भिर घाइते भएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।
सुरुमा मृतककी ५ वर्षिया छोरी पूजा र पति रबिनले पनि परमेश्वरले आगो लगाएर मारेको बयान दिएका थिए । तर, राजकुमारीको मृत्यु भएपछि पति रविनले भने भाईसँग मिलि बयान फेरेकाले उनलाई पनि झुठा वकपत्र वापत कैद सजाय तोकिएको अदालतले जनाएको छ ।
मृतकका बुबा बद्रि साहको जाहेरीले पीडितका तर्फबाट सरकारी वकिल मो. मुन्नाका साथै अधिवक्ता किरणकुमारी साह र अशोक चौधरीले निशुल्क बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता बालकिशोर यादव र बिमल साहले बहस गरेका थिए ।
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
सारांश
- उक्त मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतका न्यायाधिश हर्कबहादुर क्षेत्रिको इजलाशले उक्त कर्तब्य ज्यान मुद्दाको सुनुवाई गर्दै यस्तो फैसला गरेको हो ।
- सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी २२ वर्षिय देवर परमेश्वर साहले घरायसी विवादमा २७ वर्षिया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाई ज्यान मारेको अभियोगमा जन्मकैद र ३ लाख क्षतिपूर्ती भराउने फैसला भएको हो ।
- यस्तै बयान फेरेको आरोपमा मृतकका पति २९ वर्षिय रबिन समेतलाई ५ दिन कैद र २ हजार जरिवानाको फैसला भएको अदालतले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया