अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
२० पटक हेरिएको
Shares
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक

सारांश

  •     शुक्रवार प्रतिष्ठानद्वारा राजविराजस्थित रंगशालामा सुरु भएको प्रतियोगितामा टस जितेर नरेन्द्र मेमोरियल मावि बोरीयाले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय ६५ रनको विशाल योगफल खडा गरेको थियो ।
  •       जसमा बोरियाका रबिन्द्र यादव र अखिलेश यादवले विष्फोटक ब्याटिङ्ग गर्दै दुबैले शतक प्रहार गरेका छन् ।
  • रविन्द्र यादवले ६५ बलको सामना गर्दै १६ चौका र २ छक्काको मद्दतले अविजित १ सय ६ रन जोडेका थिए भने अखिलेश यादवले ३८ बलको सामना गर्दै १८ चौका र ३ छक्का प्रहार गर्दै अविजित १ सय २ रन बनाएका थिए ।

चन्दन यादव
राजविराज, २ फागुन ।
    क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित जिल्ला स्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नरेन्द्र मेमोरियल मावि बोरियाले गौतम शिशु सदनलाई १ सय ७० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
    शुक्रवार प्रतिष्ठानद्वारा राजविराजस्थित रंगशालामा सुरु भएको प्रतियोगितामा टस जितेर नरेन्द्र मेमोरियल मावि बोरीयाले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय ६५ रनको विशाल योगफल खडा गरेको थियो । 
    जसमा बोरियाका रबिन्द्र यादव र अखिलेश यादवले विष्फोटक ब्याटिङ्ग गर्दै दुबैले शतक प्रहार गरेका छन् । रविन्द्र यादवले ६५ बलको सामना गर्दै १६ चौका र २ छक्काको मद्दतले अविजित १ सय ६ रन जोडेका थिए भने अखिलेश यादवले ३८ बलको सामना गर्दै १८ चौका र ३ छक्का प्रहार गर्दै अविजित १ सय २ रन बनाएका थिए । त्यस्तै सुरज दासले १६ रन जोडेका थिए । यता बलिङ्ग तर्फ शिशु सदनका सुजल श्रेष्ठ र मनु दासले १ विकेट हात पारेका थिए । 
    जवाफमा गौतम शिशु सदनले १६.५ ओभरमा सबै विकेट गुमाई ९९ रन मात्र जोड्न सक्यो । जसमा सुजल श्रेष्ठ २३ रन सिद्धार्थ परियार र ओम श्रेष्ठले समानिय १७÷१७ रन जोड्नु बाहेक अरु खेलाडीले दोहोरो रन पार गर्न सकेन । शिशु सदनका खेलाडीलाई सस्तैमा आउट गर्न रबिन्द्र यादव र पवन मण्डल समान ३÷३ विकेट तथा अमन चौधरी २ विकेट, अशोक यादव १ विकेट हात पारेका थिए । 
    उक्त अवसरमा राजविराज वडा नं. १६ बोरियाका अध्यक्ष बुचाई दासले खेलको म्यान अफ द म्याच विजयी टिमका रबिन्द्र यादवलाई पुरस्कार प्रदान गरेका थिए । 
    यसअघि प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले ब्याटिङ्ग तथा प्रिन्सिपल विजयानन्द झाले बलिङ्ग गरी उद्घाटन गरेका थिए । आयोजक समितिका अध्यक्ष ई. ईन्द्र नारायण देवको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली, बरिष्ठ पत्रकार शिवहरी भट्टराई, प्रिन्सिपल कमानन्द देव, क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादव लगायतले बोल्दै खेलाडीहरुले आफुलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी खेल्नुपर्ने सुझाएका थिए । 
    फागुन १० गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १८ वटा सामुदायिक तथा निजी विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिताको माध्यमबाट विद्यालयहरुमा लुकेर बसेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले क्रिकेट विकास प्रतिष्ठान सप्तरीको आयोजनामा पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने