बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट  समाजसेवी दास सम्मानित 

राजविराज राजविराज
|
सोमबार, श्रावण १६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट  समाजसेवी दास सम्मानित 

सारांश

  •     बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष सप्तरीद्वारा सोमबार आयोजित ३० औं प्रकाश स्मृति दिवसको अवसर दासलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
  •       शिक्षा, समाजसेवा, शसक्तिकरण तथा समाज उत्थानमा र चेतना अभिबृद्धिमा योगदान पु¥याए वापत उनलाई सम्मानित गरिएको हो ।
  •       कोषका संस्थापक बैजनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा कार्यक्रमका विशिष्ठ अतिथि मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णले संयुक्त रुपमा दोसल्ला, कदरपत्र तथा नगद पुरस्कारबाट दासलाई सम्मान गरे ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 

    यस वर्षको बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट समाजसेवी एवं पूर्व प्रधानाध्यापक हितनारायण लाल दास सम्मानित भएका छन् । 
    बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष सप्तरीद्वारा सोमबार आयोजित ३० औं प्रकाश स्मृति दिवसको अवसर दासलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो । 
    शिक्षा, समाजसेवा, शसक्तिकरण तथा समाज उत्थानमा र चेतना अभिबृद्धिमा योगदान पु¥याए वापत उनलाई सम्मानित गरिएको हो । 
    कोषका संस्थापक बैजनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा कार्यक्रमका विशिष्ठ अतिथि मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णले संयुक्त रुपमा दोसल्ला, कदरपत्र तथा नगद पुरस्कारबाट दासलाई सम्मान गरे ।  
    लामो समयदेखी समाज उत्थानमा योगदान गरेका ७३ वर्षिय दासको उच्च मुल्याङ्कन गर्दै सो सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष बैजनाथ झाले बताए ।
    संस्थापक अध्यक्ष झाको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा सम्मान समारोहमा मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, मधेश प्रदेश नागरिक संघका अध्यक्ष शंकर सारदा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?