दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले विद्यार्थी लक्षित विद्यालय सम्पर्क कार्यक्रमलाई बुधबारदेखि तिब्रता दिएको छ । विद्यलय अवधीदेखी नै कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य सिकाउने उदेश्यले प्रहरीले सो कार्य सुरु गरेको हो ।
राजविराजस्थित प्राईम होलीक्रस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य बारे कक्षा संचालन गर्दै प्रहरीले विद्यालय सम्पर्क अभियानलाई तिब्रता दिएको छ ।
चाडपर्वका बेला विद्यालय विदा रहेकाले रोकिएको सो अभियानलाई अहिले व्यापकता प्रदान गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । यो अभियान जिल्ला भरका विद्यालयलाई लक्षित गरी संचालनमा ल्याइएको तथा पालैपालो सवै विद्यालयमा पुग्ने उनको भनाई छ ।
अहिले लागू औषध दुरुपयोग, साईबर अपराध, बालबालिका र महिलामाथि बढी हिंसात्मक घटना हुने गरेको पाईएकोले त्यसको रोकथाम गर्न प्रहरीले विद्यालय र विद्यार्थीलाई रोजेको उनको भनाई छ ।
बालबालिकामा प्रहरीप्रतिको डरको सट्टा मायाँ र सदभाव कायम राख्दै जिल्लामा शान्ति सुरक्षा मजबुद बनाउन प्रहरी कटिबद्घ रहेको उनको भनाई छ । सचेतना कार्यक्रममा प्रहरी निरिक्षक प्रकाश बस्नेतले सहभागी विद्यार्थीहरुलाई अपराध, कानूनी व्यवस्था, प्रहरीको भुमिका, सामाजिक कर्तव्य र जिम्मेवारी बारे सहजीकरणको भूमिका निर्वाह गरेका छन् ।
अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी सुनिल खनालले प्रहरीले जिल्लामा चलाएको विद्यालय स्तरीय सचेतना अभियानले अपराध न्युनिकरण र रोकथाममा ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे ।
उनले प्रहरीद्वारा चलाईएको सचेतना कक्षा संचालनमा प्राप्त ज्ञानलाई विद्यार्थीहरुले व्यवहारमा उतार्नुपर्नेमा समेत जोड दिए ।
आपराधिक घटना न्युनिकरण तथा रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै
सारांश
- राजविराजस्थित प्राईम होलीक्रस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य बारे कक्षा संचालन गर्दै प्रहरीले विद्यालय सम्पर्क अभियानलाई तिब्रता दिएको छ ।
- चाडपर्वका बेला विद्यालय विदा रहेकाले रोकिएको सो अभियानलाई अहिले व्यापकता प्रदान गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
- यो अभियान जिल्ला भरका विद्यालयलाई लक्षित गरी संचालनमा ल्याइएको तथा पालैपालो सवै विद्यालयमा पुग्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया