परिक्षा दिन हिडेका बालकको  ट्रकको ठक्करबाट ज्यान गयो

राजविराज राजविराज
|
मंगलबार, आषाढ २६, २०८०
|
|
३९ पटक हेरिएको
Shares
परिक्षा दिन हिडेका बालकको  ट्रकको ठक्करबाट ज्यान गयो

सारांश

  •     सप्तरीको रुपनी गाउँपालिका १ वस्ने १२ वर्षिय मो.
  • रहमानलाई विहान करिब ६ बजे तिर रुपनी चौकस्थित मधेश प्रदेश प्रहरी जोगेन्द्र–ठाकोदेवी अस्पताल नजिककै ट्रकले ठक्कर दिएको हो ।
  •       साईकल चढेर खोक्सरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा जाँदै गरेका रहमानलाई अचानक पछाडीबाट आईरहेको को.

दैनिक समाचारदाता
राजविराज, २६ असार ।

    परिक्षा दिन साइकल चढेर विद्यालय जाँदै गरेका एक बालकको मंगलबार बिहान ट्रकको ठक्करबाट ज्यान गएको छ । 
    सप्तरीको रुपनी गाउँपालिका १ वस्ने १२ वर्षिय मो.रहमानलाई विहान करिब ६ बजे तिर रुपनी चौकस्थित मधेश प्रदेश प्रहरी जोगेन्द्र–ठाकोदेवी अस्पताल नजिककै ट्रकले ठक्कर दिएको हो । 
    साईकल चढेर खोक्सरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा जाँदै गरेका रहमानलाई अचानक पछाडीबाट आईरहेको को.१प.१०८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनी कक्षा ७ मा अध्यनरत थिए ।
    उनलाई तत्कालै स्थानीय र प्रहरीले उद्दार गरी तीन किलो मिटर टाढामा अवस्थित युनिक अस्पताल पु¥याए । त्यहाँ उपचार सम्भव नभएपछी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।  
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार उपचार कै क्रममा उनको मृत्यु भएको जानकारी दिएका छन् । 
    डिएसपी सिंहले ठक्कर दिने ट्रक र चालक मोरंगको बुढी गंगा गाउँपालिका ३ वस्ने ३६ वर्षिय राम बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको जानकारी दिए । 
    यता बालकलाई ठक्कर दिएपछि आक्रोसित स्थानीयवासीले विहानैदेखी पुर्वपश्चिम राजमार्ग अन्तर्गतको रुपनी खण्डमा आवागमन अवरुद्ध पारेका थिए । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव लगायतको पहलमा दिउसो ३ः३० बजेतिर आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ । 
    चालकलाई कानुन बमोजिम कारवाही गर्ने तथा मृतकपरिवारलाई उचित क्षतीपुर्ती दिने सन्र्दभमा आगामी विहीवार गाउँपालिकाका प्रतिनीधी, सुरक्षा निकायका प्रमुख तथा मृतकका आफन्त समेतलाई राखी बैठक वसी आवश्यक निर्णय लिने सहमती भएको गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु