राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह

राजविराज राजविराज
|
आइतबार, चैत्र ३, २०७५
|
|
७२ पटक हेरिएको
Shares
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह

सारांश

  •     फागुन २९ गतेदेखी तराई मधेशको धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार सप्तरी सदरमुकाम राजविराज हुँदै सुरक्षा स्कटिङ्ग सहित दर्शनका लागी मन्दिर पुगेका थिए ।
  •       यसअघि उनी बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, ३ चैत । 
    तराई मधेशको धार्मिक भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले भ्रमणको अन्तिम दिन आईतबार मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरको दर्शन गर्दै पुजापाठ गरेका छन् । 
    फागुन २९ गतेदेखी तराई मधेशको धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार सप्तरी सदरमुकाम राजविराज हुँदै सुरक्षा स्कटिङ्ग सहित दर्शनका लागी मन्दिर पुगेका थिए । 
    यसअघि उनी बि.स. २०५९ साल पौष १९ गते पनि यस मन्दिरमा पुजापाठ गरेका थिए । दिउसो ४ः३० बजे छिन्नमस्ता मन्दिर पुगेका शाहले पिठाधिश महाकान्त ठाकुरको सहयोगमा मन्दिरमा विशेष पुजा गरेका थिए । करिब २० मिनेट पुजाआजा गरेपछि उनी सर्वसाधारण जनता सँग भेटघाट गरेका थिए ।

    मन्दिरको दर्शनपछि उनी केही बेर मन्दिरको सभाकक्षमा राप्रपा संयुक्तका केन्द्रिय सदस्य एवम तराई मधेश विभागका प्रमुख महमाया प्रसाद सिंह, मुल स्वागत समारोह समितिका संयोजक बिनोद पाण्डे लगायत एक दर्जन अगुवा समर्थकसँग भेट गरेका थिए । 
    यसैबीच पूर्व राजासँग सप्तरीका संचारकर्मीहरुले राजसंस्था पुनः फर्किने सम्भावना बारे राखेको जिज्ञासाको जवाफमा उनले भने, “यो कुरा जनतासँगै नै सोध्नुस उचित जवाफ पाउनु हुनेछ ।” देशको अवस्थाबारे संचारकर्मीहरुले राखेको अर्को जिज्ञासाको जवाफमा उनले भने, “यो कुरा मलाई नसोध्नुस ।” भन्दै उनी गाडी तर्फ लागेका थिए ।

    मन्दिरमा पुजापाठ गर्न आउनु अघि उनलाई राजविराजमा शुभेच्छुक तथा समर्थकहरुले भव्य स्वागत गरेका थिए । उनको स्वागतका लागी ठुलो संख्यामा राप्रपा संयुक्त, राप्रपा नेपाल, नेपाल विद्वत परिषद, शिव सेना नेपालका स्थानिय अगुवा तथा कार्यकर्ता सहित राजावादीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

    पूर्व राजा शाहको स्वागतका लागी भेला भएका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्रणभन्दा प्यारो छ, ज्ञानेन्द्र सरकार जिन्दावाद जस्ता नारा लगाएका थिए ।
    यता पूर्वराजा शाहको आगमणका कारण सुरक्षा व्यवस्था कडा पारिएको थियो । नेपाल र सशस्त्र प्रहरी बिहानैदेखि उनी पुग्ने मार्ग र मन्दिर आसपास ठुलो संख्यामा परिचालित थिए । उनी आईतबारै झापको दमक तिर लागेको मुल स्वागत समारोह समितिका संयोजक पाण्डेले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा पुस्तक मेला
राजविराजमा पुस्तक मेला
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
भ्रष्टाचार नियन्त्रण र सरकार
भ्रष्टाचार नियन्त्रण र सरकार
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान