प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल

राजविराज राजविराज
|
शनिबार, जेठ ४, २०७६
|
|
१३ पटक हेरिएको
Shares
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल

सारांश

  •     आफनो भवन नहुँदा २०१२ सालदेखि पटक पटक अर्काको र्जजर अति पुरानो भवन भित्र बसेर शान्ति सुरक्षाको काम गर्नुपर्दा प्रहरी नै असुरक्षित भएपछि २०७० साल देखि स्थानिय र प्रहरीको श्रमदान र ३८ लाख ६० हजार ३ सय २४ रुपैयाको लागतमा नयाँ प्रहरी चौकी भवन निर्माण गरिएको हो ।
  •       २ कठा १६ धुरमा फैलिएको उक्त २ तल्ले भवनमा कार्यालय प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला तथा पुरुषका छुटा छुटै हिरासत कक्ष, प्रहरी कर्मचारीको ब्यारेक र भान्छा घर सहित १० ओटा कोठा रहेका छन् ।
  •       सो अवसरमा प्रहरी नायब महानिरिक्षक पालले विगतको तुल्नामा प्रदेश २ को शान्ति सुरक्षाको अवस्था सूद्घृढ बन्नुका साथै चोरी तस्करीमा पनि धेरै हद सम्म कमी आएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ जेठ । 
    प्रदेश २ प्रहरी नायब महानिरिक्षक हरि बहादुर पालले सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा आधुनिक सुविधा सहितको नवनिर्मित प्रहरी चौकी भवनको शुक्रबार उद्घाटन गरेका छन् । 
    आफनो भवन नहुँदा २०१२ सालदेखि पटक पटक अर्काको र्जजर अति पुरानो भवन भित्र बसेर शान्ति सुरक्षाको काम गर्नुपर्दा प्रहरी नै असुरक्षित भएपछि २०७० साल देखि स्थानिय र प्रहरीको श्रमदान र ३८ लाख ६० हजार ३ सय २४ रुपैयाको लागतमा नयाँ प्रहरी चौकी भवन निर्माण गरिएको हो । 
    २ कठा १६ धुरमा फैलिएको उक्त २ तल्ले भवनमा कार्यालय प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला तथा पुरुषका छुटा छुटै हिरासत कक्ष, प्रहरी कर्मचारीको ब्यारेक र भान्छा घर सहित १० ओटा कोठा रहेका छन् । 
    सो अवसरमा प्रहरी नायब महानिरिक्षक पालले विगतको तुल्नामा प्रदेश २ को शान्ति सुरक्षाको अवस्था सूद्घृढ बन्नुका साथै चोरी तस्करीमा पनि धेरै हद सम्म कमी आएको बताए । उनले आम नागरिकलाई सुरक्षाको प्रत्याभूतिदिन प्रहरी कुनै हालतमा चुक्न नहुने बताउँदै नयाँ भवनमा नयाँ सोच सहित प्रहरीलाई काम गर्न सुझाव दिए । 
    उनले आफु गलत नगर्ने र गर्नेलाई पनी साथ नदिने भन्दै प्रहरीलाई नयाँ सोच सहित विभागिय नितिलाई अवलम्बन गरी काम गर्न निर्देशन दिए । 
    उनले प्रहरीबाट आम नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूति चाहने बताउँदै प्रहरीले छवी उच्च राख्दै ईमान्दारी पुर्वक काम गर्नुपर्नेमा जोड दिए । सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा सप्तरीका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) राजेन्द्र विष्टले जनताको शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीले असुरक्षित कार्यालय भवनको सट्टा सुरक्षित कार्यालय भवन पाएपछि शान्ति सुरक्षा अझ सुद्घृढ बनाउन मदत पुगेको बताए । 
    उनले समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणका लागी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हरेक ईलाकामा प्रहरी कार्यालय भवन निर्माणका साथै अपराध नियन्त्रणका लागी गाउँ गाउँमा सचेतना अभियान चलाइएको बताउँदै यसमा सहयोग गर्न सवै सँग आग्रह गरे । 
    उनले सिमाक्षेत्रमा हुने चोरी निकासी नियन्त्रणका लागी निगरानी र कडाई गरिएपछि राजश्व संकलनमा समेत उत्साहजनक बृद्घि भएको बताए । 
    उक्त २ तल्ले भवन निर्माणका लागी जिल्ला प्रहरी कार्यालयले श्रमदानका साथै १३ लाख ४४ हजार नगद सहयोग समेत उपलब्ध गराएको भवन निर्माण समितिका संयोजक अशोक कुमार चौधरीले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागी सप्तकोशी नगरपालिकाले १३ लाख र स्थानिय बासीको चन्दाबाट ५ लाख ६० हजार ४ सय ६५ रुपैया समेत सहयोग प्राप्त भएको छ । 
    भवन निर्माणमा सहयोग गर्न सवैलाई प्रमुख अतिथि पालले दोसल्ला तथा कदर पत्रबाट सम्मान गरेका थिए  । कार्यक्रममा प्रदेश २ प्रहरी तालिम केन्द्रका प्रमुख मुकुन्द्र राज आचार्य प्रदेश सभा सदस्य सत्य नारायण मण्डल प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्मा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हित नारायण दास लगायतले पनि बोल्दै नयाँ भवनले प्रहरीको सेवा सरल सहज सुरक्षित र प्रभावकारी बन्दै विश्वास व्यक्त गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
डाक्नेश्वरीमा एमालेका उम्मेदवार विजयी    
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक