दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर मुसहरी टोलमा एक युवक पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार स्थानिय ३५ वर्षिय मनोज सदा आफ्नो घर भन्दा ५ सय मिटर पुर्वस्थित नहरको छेउमा शम्भु सदाले खेत बालि रेखदेखका लागि बनाईएको फुसको छाप्रोको बाँसको बल्लोमा तन्ना च्यातेको कपडाले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
मंगलबार बिहान उनी झुण्डिएर मृत अवस्थामा स्थानियबासिले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि सोमबार जिल्लाको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर स्थानिय धर्मेन्द्र साहकी ३० वर्षिया श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यता जिल्लामा अढाई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८६ पुगेको छ ।
गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
सदा झुण्डिएको अवस्थामा मृत फेला
सारांश
- प्रहरीका अनुसार स्थानिय ३५ वर्षिय मनोज सदा आफ्नो घर भन्दा ५ सय मिटर पुर्वस्थित नहरको छेउमा शम्भु सदाले खेत बालि रेखदेखका लागि बनाईएको फुसको छाप्रोको बाँसको बल्लोमा तन्ना च्यातेको कपडाले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
- मंगलबार बिहान उनी झुण्डिएर मृत अवस्थामा स्थानियबासिले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यसअघि सोमबार जिल्लाको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर स्थानिय धर्मेन्द्र साहकी ३० वर्षिया श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया