दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले वडा नं. ४ कोईलाडीका बाढी प्रभावितहरुलाई बुधबार नगद राहत वितरण गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाले केन्द्रीय विपद् प्रतिकार्य कोष कार्यक्रम अन्तर्गत कोशी नदीमा पूर्वानुमानमा आधारित पूर्व कार्यमार्फत सबल नेपालको प्राविधिक सहयोगमा २ सय ५२ परिवारलाई १५ हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको हो ।
लाभग्राहीमध्ये १ सय २४ जनालाई बैंक खातामार्फत रकम पठाइएको छ भने १ सय २८ जनालाई पालिकाको कार्यालयमा नगद वितरण गरिएको विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
बाढी प्रभावित परिवारलाई नगद राहत वितरण गर्दा परिवारले आवश्यकता अनुसार खर्च गर्न पाउने भन्दै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले दशैं जस्ता महान पर्वको समयमा नगद राहत पाउँदा लाभग्राहीले खुशी ब्यक्त गरेको बताए ।
सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, युनिसेफका सामाजिक नीति अधिकृतद्वय विष्णुमाया भट्टराई र प्रकाश आचार्य, गाउँपालिकाका किशोर कुमार झा, रतन मिश्र, सबल नेपालका नवनीत जयसवाल, दिलीप यादव, महेश दास लगायतको सहभागिता रहेको थियो ।
बाढी प्रभावितलाई नगद राहत वितरण
सारांश
- युनिसेफको सहयोगमा गाउँपालिकाले केन्द्रीय विपद् प्रतिकार्य कोष कार्यक्रम अन्तर्गत कोशी नदीमा पूर्वानुमानमा आधारित पूर्व कार्यमार्फत सबल नेपालको प्राविधिक सहयोगमा २ सय ५२ परिवारलाई १५ हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको हो ।
- लाभग्राहीमध्ये १ सय २४ जनालाई बैंक खातामार्फत रकम पठाइएको छ भने १ सय २८ जनालाई पालिकाको कार्यालयमा नगद वितरण गरिएको विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
- बाढी प्रभावित परिवारलाई नगद राहत वितरण गर्दा परिवारले आवश्यकता अनुसार खर्च गर्न पाउने भन्दै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले दशैं जस्ता महान पर्वको समयमा नगद राहत पाउँदा लाभग्राहीले खुशी ब्यक्त गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया