दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
ब्यापारीसँग लिएको ऋण समय मै फर्काउन नसक्दा घरवार विहीन हुने अवस्थामा पुगेका एक दम्पती सो अवस्थाबाट जोगिएका छन् ।
राजविराज वडा नं. ७ स्थित प्रभु खाद विज भण्डारका संचालक प्रभु साहसँग १० वर्ष अघि वसोवास गर्दै आएको एकमात्र घर जग्गा धितोमा राखी विभिन्न मितीमा लिएको ऋण, तीन लाख ५० हजार रुपैया र त्यसको ब्याज तिर्न नसकि घरवार विहीन हुने अवस्थामा पुगेका राजविराज ६ का ओम प्रकाश क्षेत्री र उनका पत्नी सिता घरबार विहीन हुने अवस्थाबाट जोगिएका हुन् ।
लेनदेनको विवाद समाधानका लागी समाजिकस्तर मै वसेको पंचायतीमा ब्यापारी साहले ब्याज वापतको रकम मिनहा गरिदिने सहमती भएपछि क्षेत्री दम्पती घरवार विहीन हुनबाट जोगिएका छन् ।
वडा नं. ६ का अध्यक्ष शशी चौधरीले ऋण वापत लिएको रकमको सामान्य ब्याज जोड्दा पनि ठुलो रकम हुन जाने र उक्त रकम तिर्ने हैसियत क्षेत्री दम्पतीमा नदेखिएकाले अति न्युन ब्याजदर कायम गरी क्षेत्री दम्पतीले ऋण लिदाको धितो वापत राखेको जग्गा फिर्ता गरिदिने सहमती भएको जानकारी दिए ।
केही दिन अघिमात्र क्षेत्री दम्पतीले पत्रकार सम्मलेनको आयोजना गरी आफुले घर जग्गा धितो राखी व्यापारी साहबाट लिएको ऋणमा चर्काे ब्याज जोडिएको र सो तिर्ने हैसियत नहुदा घर खाली गरी सडकमा वास वस्नु पर्ने अवस्था आउन लागेको भन्दै न्यायका लागी पहल गरिदिन आग्रह गरेका थिए ।
यता ब्यापारी साहले आफु कुनै मिटरब्याजी नभएको स्पष्ट पार्दै दुःखमा परेका साथीलाई सामान्य ब्याजदरमा ऋण सापटी दिदाँ ती साथीबाट नै विभिन्न संचारमाध्यममा आफुलाई मिटरब्याजी भएको आरोप लगाई प्रचारबाजी गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले समाजका भरभलादमीको उपस्थितीमा भएको सहमतीको पूर्ण पालना गर्दै एक÷दुई दिन मै क्षेत्री दम्पत्तिले कबुल गरेको रकम बुझाए लगत्तै ऋण लिदा वखत धितो राखेको जग्गा फिर्ता गरिदिने प्रतिबद्धता समेत जनाए ।
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
सारांश
- राजविराज वडा नं.
- ७ स्थित प्रभु खाद विज भण्डारका संचालक प्रभु साहसँग १० वर्ष अघि वसोवास गर्दै आएको एकमात्र घर जग्गा धितोमा राखी विभिन्न मितीमा लिएको ऋण, तीन लाख ५० हजार रुपैया र त्यसको ब्याज तिर्न नसकि घरवार विहीन हुने अवस्थामा पुगेका राजविराज ६ का ओम प्रकाश क्षेत्री र उनका पत्नी सिता घरबार विहीन हुने अवस्थाबाट जोगिएका हुन् ।
- लेनदेनको विवाद समाधानका लागी समाजिकस्तर मै वसेको पंचायतीमा ब्यापारी साहले ब्याज वापतको रकम मिनहा गरिदिने सहमती भएपछि क्षेत्री दम्पती घरवार विहीन हुनबाट जोगिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया