दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
सप्तरी प्रहरीले आइतबार लागु औषध र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । राजविराजस्थित सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराज तथा इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको संयुक्त टोलीले भारतीय सीमानाकासँग जोडिएको छिन्नमस्ता गाउँपालिकाको दशगज्जा क्षेत्रबाट आइतबार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षिय सुभाष यादव, २२ वर्षिय सनोज यादव र राजविराज नगरपालिका २ का २० वर्षिय रामकुमार यादव छन् । भारतबाट लागुऔषध खरीद गरि चोर बाटो हुँदै फर्कदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिएको गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
उनीहरुको साथबाट नाइट्रोजन ट्यावलेट, कोरेक्स सिरप तथा प्रतिबन्धित गाँजा लगायतका लागुऔषध बरामद गरिएको तथा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
लागु औषधसहित तीन यूवा पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षिय सुभाष यादव, २२ वर्षिय सनोज यादव र राजविराज नगरपालिका २ का २० वर्षिय रामकुमार यादव छन् ।
- भारतबाट लागुऔषध खरीद गरि चोर बाटो हुँदै फर्कदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिएको गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
- उनीहरुको साथबाट नाइट्रोजन ट्यावलेट, कोरेक्स सिरप तथा प्रतिबन्धित गाँजा लगायतका लागुऔषध बरामद गरिएको तथा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया