दुई किशोर वेपत्ता

राजविराज राजविराज
|
आइतबार, जेठ ४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
दुई किशोर वेपत्ता

सारांश

  •     वेपत्ता हुनेमा एक जना सप्तरीका १७ वर्षि मोहम्मद पैmसल र अर्का छिमेकी जिल्ला सुनसरीका १७ वर्षकै राजा मेहता छन ।
  •       सप्तरीको बोदेबर्साइन नगरपालिका ३ सारस्वर टोल निवासी मो.
  • फैसल बैशाख १७ देखी वेपत्ता छन ।

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 

    बेहुलीसंगै राजविराज आएका एक नातेदार र सप्तरीबाट अध्ययनका लागी जनकपुर निस्केका दुई जना किशोर वेपत्ता भएका छन । 
    वेपत्ता हुनेमा एक जना सप्तरीका १७ वर्षि मोहम्मद पैmसल र अर्का छिमेकी जिल्ला सुनसरीका १७ वर्षकै राजा मेहता छन । 
    सप्तरीको बोदेबर्साइन नगरपालिका ३ सारस्वर टोल निवासी मो.फैसल बैशाख १७ देखी वेपत्ता छन । सुनसरीको देवानगंज गाउँपालिका ६ का राजा मेहता भने जेठ १७ गते देखी वेपत्ता छन । 
    मो.पैmसल बैशाख १७ गते देखी परिवारजनसँग सम्र्पक विहीन छन भने राजा मेहता जेठ १ गते देखी सम्पर्क विहिन भएको उनका परिवारजनको भनाई छ । 
    उनीहरु अहिले प्रहरीका साथै नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराउदै भौतारिएका छन । दुबैका परिवारजनले सप्तरीको इलाका प्रहरी कार्यालय कडोरबोना, इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिई खोजतलासका लागी आग्रह गरेका छन । 
    मो.फैसल विदा सकिएपछी बैशाख १७ गते विसनपुर चौकमा वस चढी उनी अध्यनरत जनकपुृरस्थित इस्लाममियाँ सनफियाँ मदरसाका लागी प्रस्थान गरेका थिए । उनलाई छाड्न संगै आएकी आमा संजिला खातुनले ३ हजार ५ सय रुपैया आवश्यक खर्चका लागी छोराको हातमा दिदै विदाइ गरेर घर फर्केकी थिइन । तर छोरा मदरसामा नपुगेको र बीच बाटो बाटै हराएको थाहा पाएपछी उनी प्रहरी शरणमा पुगेकी थिइन । 
    समाजसेवी एवं भुमि समस्या समाधान आयोग सप्तरीका सदस्य समेत रहेका मो.अनवर अलीले विद्यालय हिडेको किशोर बाटो बाटै वेपत्ता हुनु चिन्ताको विषय भएको भन्दै खोजतलासमा सबैले सहयोग गर्नू पर्ने बताएका छन । 
    यता विहेवारी सकिएपछि फर्किन लागेका जन्ती र बेहुली बोकेको गाडीमा चढेर राजविराज आएका सुनसरीको देवानगंज गाउँपालिका ६ निवासी रमेश मेहताका १७ वर्षिय छोरा राजा मेहता पनि विगत २ दिन देखी वेपत्ता छन । 
    राजविराज ९ मलेठबाट गएको जन्ती विहे सम्पन्न भएपछि जेठ १ गते राजविराज फर्किएको थियो । राजा मेहताका काका उमेशका अनुसार जेठ २ गते विहान ९÷१० बजे सम्म भतिज मलेठ मै थिए । तर त्यसको केही समय पछि नै उनी सम्पर्क विहीन भए । उनले दिनभर खोजतलास गर्दा पनि फेला नपरेपछी खोजतलासका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिएको बताए । 
    वेपत्ता दुबै किशोरका आफन्तबाट खोजीका लागी निवेदन आएको र उनीहरुको हुलिया विवरण सबै प्रहरी कार्यालयमा पठाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
एनसेलमार्फत माइक्रोसफ्टले क्लाउड तथा अन्य सेवा दिने
साबुनपानीले हात धुन जिल्लावासीलाई आग्रह
साबुनपानीले हात धुन जिल्लावासीलाई आग्रह
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
दुई पालिकामा न्यानो कम्बल वितरण
दुई पालिकामा न्यानो कम्बल वितरण
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार  बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?