विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव

राजविराज राजविराज
|
शनिबार, आषाढ २८, २०७६
|
|
५२ पटक हेरिएको
Shares
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार  बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव

सारांश

  •     निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ ।
  • सप्तकोशीमा अहिलेसम्मकै सबैभन्दा बढी शनिबार साँझ ६ बजे सप्तकोशी नदीमा पानीको वहाव ३ लाख १० हजार ५ सय ४५ क्विसेक प्रति सेकेन्ड रेकर्ड भएको छ ।
  • अघिल्लो दिन १ लाख ७२ हजार ६ सय २५ क्विसेक प्रति सेकेन्ड रेकर्ड गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
    लगातार वर्षाका कारण कारण सप्तरीस्थित विभिन्न नदी खोला नालामा आएको बाढीले ठाउँ ठाउँमा तटबन्ध भत्काउँदा सप्तरीमा एक हजार बढी घर डुवानमा परेको छ भने प्रमुख बजारहरुमा दुई फिटसम्म पानी भरिएको छ । 
    निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । सप्तकोशीमा अहिलेसम्मकै सबैभन्दा बढी शनिबार साँझ ६ बजे सप्तकोशी नदीमा पानीको वहाव ३ लाख १० हजार ५ सय ४५ क्विसेक प्रति सेकेन्ड रेकर्ड भएको छ । अघिल्लो दिन १ लाख ७२ हजार ६ सय २५ क्विसेक प्रति सेकेन्ड रेकर्ड गरिएको थियो ।

    प्रत्येक एक एक घण्टामा वहावको रेकर्ड राख्दै आएको कोशी ब्यारेज कन्ट्रोल रुमले अघिल्लो दिनदेखी नै खतराको संकेत स्वरुप रातो झण्डा र रातो बत्ति बालिसकेको छ ।     
    यता त्रियुगा नदीको बाढीले बाँध भत्किएर सप्तकोशी नगरपालिका १ फत्तेपुर बजारको दुई दर्जन घर र पसल डुवानमा पारेको छ भने खाँडो र सप्तकोशीको बाढी पसेर बाँध भत्काउँदा तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी गाउँमा १ सय ५० घर तथा हनुमाननगर कंकालिनि नगरपालिकाको ३ र ७ वडामा करिब एक सय ५० घर डुवानमा परेको छ ।
    यस्तै खाँडो र भलुवाईको बाढी पस्दा राजविराज नगरपालिकाको वडा नं. ५, ७, १५ र १६ तथा विष्णुपुर गाउँपालिका ६ को गरि करिब २ स ५० घर डुवानमा परेको छ । तिलाठीस्थित प्रहरी चौकी डुवानमा पर्दा त्यहाँबाट सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

    यता तिलाठीमा बाढीले खाँडो नदीको बाँध भत्काएको छ । जसकारण तिलाठीको १ सय ५० बढी घर डुवानमा परेको छ । यसैगरि तिरहुत गाउँपालिका ५ स्थित मैनाकडेरीमा समेत मुहली खोलाको बाँध भत्किएको छ । सो बाँध मर्मतका लागि ठूलो संख्यामा सेना परिचालन गरिएको छ । 
    यसैगरि बाढीले खेती योग्य जमिनमा पनि ठूलो क्षति पु¥याएको कृषकहरुले बताएका छन् । बाढी पसेर हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा गाउँका करिब २ सय विगहा खेतीयोग्य जग्गा पोखरीमा परिणत भएको स्थानियवासी एवं कृषक रामेश्वर रायले बताए । 
    यस्तै खडक नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा खडक खोलाको बाढीले निरन्तर कटान गरिरहेकाले त्यहा पनि आवागमन ठप्प हुने सम्भावना रहेको स्थानियले बताएका छन् ।
    यसैगरि बोदे बसाइन नगरपालिका ५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्ड अन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ । खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको छ । 
    यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नं ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिएका छन् ।

    बाढीले अहिलेसम्म कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रिता खडकाले जानकारी दिएकी छन् । बाढीबाट हुने क्षति न्युनिकरणका लागि स्थानिय प्रशासनले उपलब्ध साधनश्रोतको उच्चतम परिचालन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । 

    यता नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले रबर बोट एक थान प्रयोग गरी २५ जनालाई उद्दार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    त्यस्तै  सप्तकोशी नगरपालिका ७ स्थित बनी गाउँमा ४ जना बच्चाहरुहरुलाई प्रहरीले उद्दार गरेको छ । छतमा बसिरहेका ती बच्चाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीबल समेतको टोलीले सकुशल उद्दार गरिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
सुरु भयो वडा दशैं तर, छैन् रौनक
सुरु भयो वडा दशैं तर, छैन् रौनक
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 
राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?