लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 

सारांश

  •     राजविराज ५ निवासी करिश्मा चौधरीमाथी घरेलु हिंसा गर्ने सोही वडा निवासी श्रीमान् डा.
  • उज्जवल देवसहित उनका परिवारलाई सप्तरी जिल्ला अदालतबाट जरिवाना लगायत विभिन्न फैसला सुनाएको छ ।
  •       अदालतले करिश्मामाथी घरेलु हिंसा भएको ठहर गर्दै उनका श्रीमान डा.

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 

    श्रीमान, सासु, ससुराबाट घरेलु हिंसामा परेकी घरेलु एक महिलाले लामो कानुनी लडाईपछि अदालतबाट न्याय पाएकी छिन ।
    राजविराज ५ निवासी करिश्मा चौधरीमाथी घरेलु हिंसा गर्ने सोही वडा निवासी श्रीमान् डा.उज्जवल देवसहित उनका परिवारलाई सप्तरी जिल्ला अदालतबाट जरिवाना लगायत विभिन्न फैसला सुनाएको छ । 
    अदालतले करिश्मामाथी घरेलु हिंसा भएको ठहर गर्दै उनका श्रीमान डा.देव, ससुरा शशीकान्त देव, सासु पुर्णिमा देव र देवर उत्सव देवलाई जनही ३ हजार रुपैया जरिवाना हुने पैmसला गरेको हो । 
    न्यायधिश हरिशचन्द्र इङ्गगनामको इजलासबाट भएको फैसलामा पीडितले अंश र भरण पोषण वापत मानाचामल खर्च पनि पाउने पीडकबाटप्रति महिना १० हजार रुपैया मानाचामल भरण पोषण वापत खर्च पाउने अदालतको फैसलामा उल्लेख छ । 
    यस्तै देव परिवारको जायजेथाको चार भाग अंश लगाई त्यस मध्ये एक भागको आधा करिश्माले पाउने भएकी छिन । 
    करिश्माले २०७७ साल कार्तिक १९ गते सप्तरी जिल्ला अदालतमा अंश तथा भरण पोषणको मुदा दर्ता गरेकी थिइन । त्यस पछी शारिरीक र मानसिक यातना दिने क्रम झनै बढेपछी उनले श्रीमान र सासु, ससुरा, देवरलाई विपक्षी बनाई २०७९ साल माघ १९ गते घरेलु हिंसाको मुदा दर्ता गरेकी थिईन । 
    घरेलु हिंसाको मुदामा ३ महिना अघि माघ २० गते सप्तरी जिल्ला अदालतका न्यायधिश नविन कुमार जोशीको इजलासले अन्तरीम संरक्षणात्मक आदेश जारी गर्दै पीडीत महिलालाई शान्त र निर्भय वातावरणमा घरमा वस्न, खान लाउन दिनु तथा दाईजो माग्ने र कुटपीट लगायतका यातना दिने काम न गर्नु भनि आदेश जारी गरेको थियो । 
    तर, आरोपीतहरुले पीडीत महिलालाई घर प्रवेश गर्न रोक लगाएका थिए । घर प्रवेश गर्न खोज्दा कुटपीट गरी ज्यान मार्ने धम्की समेत दिन थालेपछी उनी विचल्लीमा परेकी थिइन । पछिल्लो पटक गत माघ १७ गते उनी वडाअध्यक्ष बन्धु दास सहित पत्रकार, अधिकारकर्मी र प्रहरीको सहयोग लिई घर प्रवेशका लागी पुगेकी थिइन । उनी आउन लागेको थाहा पाएपछि श्रीमान डा.देव सहित परिवारका सबै सदस्य घरको मुल प्रवेशद्वार मै ताला लगाएर अन्यत्र हिडेका थिए । 
    यस्तो अवस्थामा ताला फुटाएर प्रवेश गर्नू उपयुक्त न हुने स्थानीयको सुझाव पश्चात करिश्माले मुल गेट मै थप अर्काे ताला लगाएर फर्केकी थिइन । गुह प्रवेश नपाएपछी न्यायका लागी उनी फेरी अदालतको शरणमा पुगेकी थिइन ।
    विराटनगरमा अध्यनरत रहेका बेला डा.देव र करिश्मा बीच प्रेम गासिन पुगेको थियो । पछिल्लो पटक निजामती कर्मचारी अस्पताल काठमाण्डौमा कार्यरत डा. देवले मोरंग जिल्ला अदालतमा २०७५ असोज १९ गते विवाह दर्ता गर्न आवेदन गरी सहमती पत्र संलग्न राखी सही छाप समेत गरेका थिए । 
    २०७६ साल असोज २८ गते दुबैले आफन्तजनको उपस्थितीमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा विवाह गरेका थिए । तर, केही समय पछी माइतबाट दाइजो बापत ५० लाख रुपैया लिएर आउन तथा विराटनगरमा आफनो नाममा रहेको १ कठ्ठा जग्गा सासुको नाममा गराउन श्रीमानबाट दवाव र सोही निहुमा दुःख दिन थालेको पीडित करिश्माको भनाई छ । 
    विराटनगर उप महानगरपालिका १२ पाँचाली स्थित डेरामा श्रीमान डा.देव संगै केही दिन वसेपछी उनको काठमाडौ सरुवा भएको र त्यहा पनि केही दिन संगै वसेको उनले बताईन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
सप्तरीका थप एक संक्रमितको मृत्यु
सप्तरीका थप एक संक्रमितको मृत्यु
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान 
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान 
फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा
फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा