दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता टोली जनकपुर बोल्ट्सलाई मंगलवार सप्तरीको छिन्नमस्ता गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।
बिजेता टोलीका खेलाडीहरु मंगलवार प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिर पुजाका लागी आइपुगेपछि गाउँपालिकाले १ लाख ५० हजार नगदसहित सम्मान गरेको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले विजेता टोलीलाई नगद १ लाख ५ हजार नगदसहित दोसल्ला र मिथिला पागबाट सम्मान गरे । टिम प्रबन्धक उत्सव सिग्देल तथा कप्तान ललित राजवंशीलाई उनले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
सो अवरमा अध्यक्ष चौधरीले एनपीएलको प्रथम आयोजना मै ट्रफी हात पार्न सफल जनकपुर बोल्टस टिमलाई बधाई दिदै विजेता टोलीलाई स्वागत गर्न पाउनु छिन्नमस्तावासीका लागी गर्वको कुरा भएको बताए ।
उनले नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा, राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको बताए । खेलाडीहरुको स्वागत र सम्मानमा बाजागाजा सहित पुगेको स्थानीयले भब्य स्वागत सहित मन्दिर परिक्रमा गराएका थिए ।
जनकपुर बोल्टसले हालै काठमाडौमा सम्पन्न प्रथम एनपीएलको फाइनलमा सुदुर पश्चिम टिमलाई ५ विकेटले पराजीत गर्दै उपाधी कब्जा गरेको थियो । सोही खुशीयालीमा विजेता टिम अहिले विजयोत्सव मनाउन मधेश प्रदेशका आठै जिल्लामा ट्रफी सहित परेडमा निस्केका छन ।
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
सारांश
- बिजेता टोलीका खेलाडीहरु मंगलवार प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिर पुजाका लागी आइपुगेपछि गाउँपालिकाले १ लाख ५० हजार नगदसहित सम्मान गरेको हो ।
- सो अवसरमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले विजेता टोलीलाई नगद १ लाख ५ हजार नगदसहित दोसल्ला र मिथिला पागबाट सम्मान गरे ।
- टिम प्रबन्धक उत्सव सिग्देल तथा कप्तान ललित राजवंशीलाई उनले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया