अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण

राजविराज राजविराज
|
मंगलबार, मंसिर १७, २०७६
|
|
१०८ पटक हेरिएको
Shares
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण

सारांश

  •     शारिरीक रुपमा अशक्त भई कष्टकर जिवन विताई रहेकाहरुको हक अधिकारका लागि काम गरिरहेका समावेसी अपाङ संघ, बौद्धिक अपाङता अभिभावक संघ र बहिरा संघले राजविराज नगरपालिकाको सहयोगमा एक कार्यक्रम बिच सो सामाग्रिहरु बितरण गरिएको हो ।
  •       आयोजित कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले शारिरीक अशक्त भएका एक बृद्धलाई ह्वील चेयर तथा एक दर्जन दृष्टिविहिन बालबालिकाहरुलाई झोला तथा उनीहरुले प्रयोग गर्न मिल्ने शैक्षिक सामाग्री प्रदान गरे ।
  •       ह्वील चेयर पाएका राजविराज १ निवासी ६५ वर्षिय विन्देश्वर महतो प्यारालाईसिसका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि उनी घरमै थन्कीरहनु पर्ने वाध्यताबाट गुज्रीरहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
    २८ औ अन्तराष्ट्रिय अपाङता दिवसको अवसर पारेर मंगलबार राजविराजमा शारिरीक अशक्त भएकालाई ह्वील चेयर तथा दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ । 
    शारिरीक रुपमा अशक्त भई कष्टकर जिवन विताई रहेकाहरुको हक अधिकारका लागि काम गरिरहेका समावेसी अपाङ संघ, बौद्धिक अपाङता अभिभावक संघ र बहिरा संघले राजविराज नगरपालिकाको सहयोगमा एक कार्यक्रम बिच सो सामाग्रिहरु बितरण गरिएको हो । 
    आयोजित कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले शारिरीक अशक्त भएका एक बृद्धलाई ह्वील चेयर तथा एक दर्जन दृष्टिविहिन बालबालिकाहरुलाई झोला तथा उनीहरुले प्रयोग गर्न मिल्ने शैक्षिक सामाग्री प्रदान गरे । 


    ह्वील चेयर पाएका राजविराज १ निवासी ६५ वर्षिय विन्देश्वर महतो प्यारालाईसिसका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि उनी घरमै थन्कीरहनु पर्ने वाध्यताबाट गुज्रीरहेका थिए । 
    कार्यक्रममा प्रमुख अतिथि झाले शारिरीक रुपमा अशक्त भएकालाई दया होइन, अवसरको खाँचो रहेको भन्दै यसका लागि नगरपालिकाले पनि श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 
    स्वस्थ्य शरिरका लागि व्ययाम आवश्य रहेको भन्दै यसका लागि प्रदेश सरकारसँगको समन्वयमा छिट्टै नगरक्षेत्रमा व्ययामशाला खोल्ने गृहकार्य भईरहेको उनले जानकारी दिईन । 
    सोही कार्यक्रममा समावेसी अपाङ संघ सप्तरीका अध्यक्ष सतिश चन्द्र झाले शारिरीक रुपमा अशक्तहरुको संख्या ६० हजार पुगेको तथ्यांक सार्वजनिक गर्दै उनीहरुका लागि प्रदेश सरकारले विषेश कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । 
    कार्यक्रममा पत्रकार वैद्यनाथ झा, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, बौद्धिक अपाङता अभिभावक संघका अध्यक्ष जगदिश अर्याल लगायतले शारिरीक रुपमा अशक्त भएकाहरुको पहिचान गरि सरकारले आवश्यक सेवा सुविधा उपल्बध गराउनु पर्नेमा जोड दिए । 
    यसैबीच मंगलबारै सगरमाथा अपाङ कल्याण संघले पनि प्रभातफेरी तथा रेडक्रस सोसाईटीले ५५ जनालाई एक थान कम्वल र धर्मी हल्फा महिला संस्थाले एउटा थाल र ग्लास बितरण गरेको छ ।
    संघका अध्यक्ष बलदेव मण्डलको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङणबाट निस्केको ¥याली नगरक्षेत्र परिक्रमा पश्चात् आयोजित कार्यक्रममा शारिरीक रुपमा अशक्त ५५ जनालाई कम्बल र भाडाकुडा बितरण गरिएको संघले जनाएको छ ।
    आयोजित कार्यक्रममा समाजसेवी ईन्जिनियर सुर्य नारायण यादब, हितनारायण लाल दास, अधिकारकर्मी मनोहर पोखरेल लगायतले मन्तव्य दिएका थिए ।  
    कार्यक्रममा सगरमाथा अपाङ कल्याण संघले समाजसेवी ईन्जिनियर सुर्य नारायण यादब, रेडक्रस सोसाईटी सभापति जोगेन्द्र भगत, ठाकोदेबी भगतलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
कांग्रेसको १४औं महाधिवेशन : आठ लाख  ५२ हजारलाई क्रियाशील सदस्यता 
कांग्रेसको १४औं महाधिवेशन : आठ लाख  ५२ हजारलाई क्रियाशील सदस्यता 
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी