अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण

राजविराज राजविराज
|
मंगलबार, मंसिर १७, २०७६
|
|
२० पटक हेरिएको
Shares
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण

सारांश

  •     शारिरीक रुपमा अशक्त भई कष्टकर जिवन विताई रहेकाहरुको हक अधिकारका लागि काम गरिरहेका समावेसी अपाङ संघ, बौद्धिक अपाङता अभिभावक संघ र बहिरा संघले राजविराज नगरपालिकाको सहयोगमा एक कार्यक्रम बिच सो सामाग्रिहरु बितरण गरिएको हो ।
  •       आयोजित कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले शारिरीक अशक्त भएका एक बृद्धलाई ह्वील चेयर तथा एक दर्जन दृष्टिविहिन बालबालिकाहरुलाई झोला तथा उनीहरुले प्रयोग गर्न मिल्ने शैक्षिक सामाग्री प्रदान गरे ।
  •       ह्वील चेयर पाएका राजविराज १ निवासी ६५ वर्षिय विन्देश्वर महतो प्यारालाईसिसका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि उनी घरमै थन्कीरहनु पर्ने वाध्यताबाट गुज्रीरहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
    २८ औ अन्तराष्ट्रिय अपाङता दिवसको अवसर पारेर मंगलबार राजविराजमा शारिरीक अशक्त भएकालाई ह्वील चेयर तथा दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ । 
    शारिरीक रुपमा अशक्त भई कष्टकर जिवन विताई रहेकाहरुको हक अधिकारका लागि काम गरिरहेका समावेसी अपाङ संघ, बौद्धिक अपाङता अभिभावक संघ र बहिरा संघले राजविराज नगरपालिकाको सहयोगमा एक कार्यक्रम बिच सो सामाग्रिहरु बितरण गरिएको हो । 
    आयोजित कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले शारिरीक अशक्त भएका एक बृद्धलाई ह्वील चेयर तथा एक दर्जन दृष्टिविहिन बालबालिकाहरुलाई झोला तथा उनीहरुले प्रयोग गर्न मिल्ने शैक्षिक सामाग्री प्रदान गरे । 


    ह्वील चेयर पाएका राजविराज १ निवासी ६५ वर्षिय विन्देश्वर महतो प्यारालाईसिसका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि उनी घरमै थन्कीरहनु पर्ने वाध्यताबाट गुज्रीरहेका थिए । 
    कार्यक्रममा प्रमुख अतिथि झाले शारिरीक रुपमा अशक्त भएकालाई दया होइन, अवसरको खाँचो रहेको भन्दै यसका लागि नगरपालिकाले पनि श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 
    स्वस्थ्य शरिरका लागि व्ययाम आवश्य रहेको भन्दै यसका लागि प्रदेश सरकारसँगको समन्वयमा छिट्टै नगरक्षेत्रमा व्ययामशाला खोल्ने गृहकार्य भईरहेको उनले जानकारी दिईन । 
    सोही कार्यक्रममा समावेसी अपाङ संघ सप्तरीका अध्यक्ष सतिश चन्द्र झाले शारिरीक रुपमा अशक्तहरुको संख्या ६० हजार पुगेको तथ्यांक सार्वजनिक गर्दै उनीहरुका लागि प्रदेश सरकारले विषेश कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । 
    कार्यक्रममा पत्रकार वैद्यनाथ झा, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, बौद्धिक अपाङता अभिभावक संघका अध्यक्ष जगदिश अर्याल लगायतले शारिरीक रुपमा अशक्त भएकाहरुको पहिचान गरि सरकारले आवश्यक सेवा सुविधा उपल्बध गराउनु पर्नेमा जोड दिए । 
    यसैबीच मंगलबारै सगरमाथा अपाङ कल्याण संघले पनि प्रभातफेरी तथा रेडक्रस सोसाईटीले ५५ जनालाई एक थान कम्वल र धर्मी हल्फा महिला संस्थाले एउटा थाल र ग्लास बितरण गरेको छ ।
    संघका अध्यक्ष बलदेव मण्डलको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङणबाट निस्केको ¥याली नगरक्षेत्र परिक्रमा पश्चात् आयोजित कार्यक्रममा शारिरीक रुपमा अशक्त ५५ जनालाई कम्बल र भाडाकुडा बितरण गरिएको संघले जनाएको छ ।
    आयोजित कार्यक्रममा समाजसेवी ईन्जिनियर सुर्य नारायण यादब, हितनारायण लाल दास, अधिकारकर्मी मनोहर पोखरेल लगायतले मन्तव्य दिएका थिए ।  
    कार्यक्रममा सगरमाथा अपाङ कल्याण संघले समाजसेवी ईन्जिनियर सुर्य नारायण यादब, रेडक्रस सोसाईटी सभापति जोगेन्द्र भगत, ठाकोदेबी भगतलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
अवैध सरसामानसहित  एक पक्राउ
अवैध सरसामानसहित  एक पक्राउ
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा