कांग्रेसको १४औं महाधिवेशन : आठ लाख  ५२ हजारलाई क्रियाशील सदस्यता 

राजविराज राजविराज
|
मंगलबार, श्रावण १२, २०७८
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेसको १४औं महाधिवेशन : आठ लाख  ५२ हजारलाई क्रियाशील सदस्यता 

सारांश

  •     कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् ।
  • यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् ।
  •       क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् ।

काठमाडौँ, १२ साउन (रासस) ।
    नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । 
    कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् । जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् । 
    कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् । 
    क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् । 
    क्रियाशील सदस्यता छानबिन समितिमा ४६ खाले उजूरी तथा गुनासो प्राप्त भएको थियो । नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आगामी १४औँ महाधिवेशनका लागि स्थगन गरी उक्त महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर कायम गर्ने प्रतिवेदनमा उल्लेख छ । 
    कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।
    क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४औँ महाधिवेशनको प्रक्रियासमेत शुरु हुने भएको छ । शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एवं  पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिनको काम नसकिएको भन्दै साउन १२ गते अर्थात् (मंगलबारदेखि) शुरु हुने पार्टीको तल्लो तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । सो बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ का बारेमा भने केही निर्णय गरेको थिएन । 
    पार्टीको मंगलबार पनि पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवासमा बसिरहेको छ । मंगलबारको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी महाधिवेशनको नयाँ मिति टुङ्गो लगाउनेबारे छलफल हुनेछ । 
क्रियाशील सदस्यताका कारण अधिवेशन कार्यतालिका प्रभावित   
    क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंगलबार अर्थात् साउन १२ गते  गाउँ/नगर वडा अधिवेशन हुने थियो । तर समयमै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यसअघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ ।
    कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण उक्त प्रतिवेदन मंगलबार १२ दिन ढिला बुझाइएको छ ।
    कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२, गाउँ/नगरपालिका अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।
    यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय