दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजा बरामद गरेको छ । आठ वटा बोरमा प्याक गरी राखिएको करिब २ सय ४० केजी गाजा सशस्त्र प्रहरी बल बोडर आउट पोस्टले विहीवार हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशी पलार क्षेत्रबाट बरामद गरेको हो ।
गोप्य सुचनाका आधारमा दिउँसो १ बजेतीर पुगेको सशस्त्र प्रहरीको बर्साइनस्थित टोलीले सो परिमाणको गाजा बरामद गरेको सशस्त्र प्रहरीबल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
लागु औषधको रुपमा गाजाको प्रयोग र कारोबार बढ्दै गएपछि सीमा क्षत्रमा बढाइएको निगरानीका क्रममा उक्त गाजा बरामद भएको सशस्त्र प्रहरी बलमा सुचना अधिकारी नायब उपरिक्षक मोहन राज विष्टले जानकारी दिए ।
बरामद गाँजा विहीवारै नेपाल प्रहरीको जिम्मा लगाई गाजा लुकाई राख्ने ब्यक्तीबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
सारांश
- गोप्य सुचनाका आधारमा दिउँसो १ बजेतीर पुगेको सशस्त्र प्रहरीको बर्साइनस्थित टोलीले सो परिमाणको गाजा बरामद गरेको सशस्त्र प्रहरीबल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
- लागु औषधको रुपमा गाजाको प्रयोग र कारोबार बढ्दै गएपछि सीमा क्षत्रमा बढाइएको निगरानीका क्रममा उक्त गाजा बरामद भएको सशस्त्र प्रहरी बलमा सुचना अधिकारी नायब उपरिक्षक मोहन राज विष्टले जानकारी दिए ।
- बरामद गाँजा विहीवारै नेपाल प्रहरीको जिम्मा लगाई गाजा लुकाई राख्ने ब्यक्तीबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया