राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
२८ पटक हेरिएको
Shares
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 

सारांश

  •     स्थानिय पबि माबिको खेलमैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर राजबिराज नपा ११ ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३० रनको योगफल खडा गरेको थियो ।
  • जसमा टिमका लागि संतोष खडगा ३७ रन, पारस यादब अविजित २२ र सचिन यादब ले ३० रनको योगदान गरेका थिए ।
  •     बलिंगतर्फ तिलाठी कोईलाडीका सुरज मण्डलले ३ विकेट, दिपेश सरदार, अजय मरिकले १ विकेट हात पारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
    लायन्स क्रिकेट एकेडमी राजबिराज ५ द्वारा संचालित राजबिराज प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो दिनको पहिलो खेलमा तिलाठी कोईलाडीले राजबिराज वडा ११ लाई ६ बिकेटले र खडकले राजबिराज १ लाई ४३ रनले पराजित गरेको छ । 
    स्थानिय पबि माबिको खेलमैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर राजबिराज नपा ११ ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३० रनको योगफल खडा गरेको थियो । जसमा टिमका लागि संतोष खडगा ३७ रन, पारस यादब अविजित २२ र सचिन यादब ले ३० रनको योगदान गरेका थिए ।
    बलिंगतर्फ तिलाठी कोईलाडीका सुरज मण्डलले ३ विकेट, दिपेश सरदार, अजय मरिकले १ विकेट हात पारेका थिए । 
    जवाफमा तिलाठी कोईलाडीले १६ ओभर ५ बलमा ४ बिकेट गुमाएर बिजय हासिल गरेको थियो । जसमा टिमका लागि दिपेश सरदारले अविजित ३४ रन, साकेत सिँह २८ सुरज मण्डल २५ तथा लक्ष्मी रायले १३ रन बनाएपछि जित सहज भएको हो ।
    बलिँगतर्फ राजबिराज ११ का अमन यादब २ तथा सचिन यादव र संतोष खडगाले समान्य १/१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच तिलाठी कोईलाडीका सुरज मण्डल घोषित भए । 
    यस्तै बुधवारै सम्पन्न दोस्रो खेलमा राजबिराज १ लाई ४३ रनले पराजित गर्दै खडक नगरपालिका बिजय भएको छ । 
    टस जितेर खडक ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा आशिष झा ३३ रन, पप्पु साह २३, मिकु मण्डल अबिजित १४ तथा प्रशान्त रायले १६ रन जोडेका थिए ।
    बलिंग तर्फ राजबिराज १ का संतोष सिँह ३ बिकेट, मोहम्मद अजाद २ बिकेट तथा उदित राय, सिमान्त रायले समान्य १/१ बिकेट हात पारेका थिए ।
    जवाफमा १ सय ३१ रनको लक्ष्य लिएका राजबिराज वडा १ ले १५ ओभर ५ बल खेल्दै सबै बिकेट ८८ रन मै सिमित रहेका थिए । जसमा निरज यादब २८ रन, संजय यादब ११ तथा चन्द्रप्रकाश र अजय यादबले १०/१० रन जोडे पनि जित हासिल गर्न सकेन ।
    यता बलिँगतर्फ खडक नगरपालिका टिमका अजय यादब ४ बिकेट तथा निकु मण्डल/मनिष मण्डल/प्रशान्त सिँह ले समान्य २/२ बिकेट लिएपछि जित सहज भएको हो । सो खेलमा बिजय टिमका अजय यादब म्यान अफ दि म्याच घोषित भएको आयोजक समितिका तिर्थ नारायण दासले जानकारी दिएका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
सधै घुँइचो लाग्ने शिक्षा कार्यालय अहिले सुनसान 
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
पत्रकार दत्तलाई मातृशोक
पत्रकार दत्तलाई मातृशोक
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि