१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप

राजविराज राजविराज
|
मंगलबार, श्रावण २, २०८०
|
|
३८ पटक हेरिएको
Shares
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप

सारांश

  •     सप्तरीको कंचनरुपमा १७ वर्षिया एक किशोरीको अपहरण गरि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
  • घटना शुक्रबार राती भएपनि प्रहरीमा पीडितको तर्फबाट सोमबार मात्र जाहेरी परेकाले ढिलो गरि सार्वजनिक भएको हो ।
  •       प्रहरीका अनुसार कंचनरुप नगरपालिका १२ धरमपुर टोल बस्ने १७ वर्षिया किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा सोही वडा निवासी ४१ वर्षिय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षिय सुदिप भुजेल, २२ वर्षिय मनोज विश्वकर्मा र २१ वर्षिय दिपेश सुवेदी पक्राउ परेका छन् ।

“तपाई मेरो दाजु जस्तै हो, तिहारमा लगाएको टिकालाई सम्झिदिनुस् भन्दै पटक पटक अनुनयबिनय गर्दा पनि केही सुनेनन् र खुकुरी देखाएर अस्मिता लुटिरहे ।”
दैनिक समाचारदाता
राजविराज, २ साउन ।

    सप्तरीको कंचनरुपमा १७ वर्षिया एक किशोरीको अपहरण गरि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटना शुक्रबार राती भएपनि प्रहरीमा पीडितको तर्फबाट सोमबार मात्र जाहेरी परेकाले ढिलो गरि सार्वजनिक भएको हो । 
    प्रहरीका अनुसार कंचनरुप नगरपालिका १२ धरमपुर टोल बस्ने १७ वर्षिया किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा सोही वडा निवासी ४१ वर्षिय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षिय सुदिप भुजेल, २२ वर्षिय मनोज विश्वकर्मा र २१ वर्षिय दिपेश सुवेदी पक्राउ परेका छन् । पीडित किशोरी र आरोपित सबै एउटै वडाका हुन् ।
    उनीहरुलाई सोमबार साँझ घरमै लुकीबसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई मंगलबार चार दिनको म्याद थप गराई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपककुमार रायले जानकारी दिए । 
    घटनाक्रम अनुसार शुक्रबार राती १०ः३० बजेतिर घरमा रहेकी आमा, बहिनी र भेट्न आएका एक जना केटा साथीलाई छुट्टाछुट्टै कोठामा थुनेर ती किशोरीको अपहरण गरि घरबाट जबरजस्ती उठाएर लगि नजिकै रहेको सोमबहादुर मगरको खाली घरमा पु¥याई पालैपालो बलात्कार गरेको डिएसपी रायले बताए । 
    घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की समेत दिएको पीडित किशोरीले बताएकी छिन् । उनले सो दिन घरमा आमा, बहिनी र आफुलाई भेट्न आएका केटा साथी आसिश खान सँगै रहेको बताइन् । रातको समयमा आएका चार जनाले आमा, बहिनी र केटा साथी आसिशलाई धम्क्याउँदै छुट्टाछुट्टै कोठामा थुनेर आफूलाई केही परको सोमबहादुर मगरको पुरानो घरमा लगि पालैपालो बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । 
    ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने किशोरीका बुबा कामका सिलसिलामा सो दिन जनकपुर गएका थिए । बुवा फर्केपछि छरछिमेक समेतलाई घटना बारे जानकारी गराउँदै सोमबार उनीहरु बिरुद्ध किटानी जाहेरी दिएको पीडित किशोरीले बताएकी छिन् । 
    उनले आफूलाई बलात्कार गर्ने मध्येका एक जनालाई तिहारमा लगाएको टिका बारे पनि सम्झाएकी थिइन् । उनले भनिन्, “तपाई मेरो दाजु जस्तै हो, तिहारमा लगाएको टिकालाई सम्झिदिनुस् भन्दै पटक पटक अनुनयबिनय गर्दा पनि केही सुनेनन् र खुकुरी देखाएर अस्मिता लुटिरहे ।” 
    बलात्कारका क्रममा यो कुरा कसैलाई भने तिम्रो र केटा साथी आसिशको तस्बिर खिचेर सार्वजनिक गरिदिने तथा ज्यानै मार्ने धम्की समेत दिने गरेको उनले सुनाइन् । 
    पीडित किशोरीको स्थानिय अस्पतालमा स्वास्थ्य परिक्षण गराई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?