राजविराज÷नेपाल–स्वीस चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजले मधेश प्रदेशको अध्यक्षमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी एवं मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहलाई मनोनयन गरेको छ ।
नेपाल–स्वीस चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीद्वारा प्रेषित पत्रमा अध्यक्षमा सिंह तथा सदस्यहरुमा अनुप अग्रवाल, सन्दिप अग्रवाल र आशिष महतोलाई मनोनयन गरिएको उल्लेख छ ।
यस्तै समितिको सल्लाहकार डा. सोनी महतोलाई मनोनयन गरिएको छ । मधेश प्रदेशमा पहिलो समिति विस्तार गरिएको जनाउँदै पत्रमार्फत अगामी दिनमा सातै प्रदेशमा समिति विस्तार हुने जनाइएको छ ।
उक्त संस्थाको केन्द्रमा समिति रहेपनि प्रदेशमा भने पहिलो हो । नवनियुक्त अध्यक्ष सिंहले वार्षिक कार्ययोजना बनाएर कार्यसमिति अघि बढ्ने जनाएका छन् । यसका लागि मधेश प्रदेशका आठ वटै जिल्लाका सरोकारवालाहरुसँग व्यापक छलफल र सुझाव संकलन कार्य अघि बढ्ने सिंहले बताएका छन् ।
नेपाल–स्वीस चेम्बर मधेश प्रदेशको अध्यक्षमा सिंह मनोनित
सारांश
- उक्त संस्थाको केन्द्रमा समिति रहेपनि प्रदेशमा भने पहिलो हो ।
- नवनियुक्त अध्यक्ष सिंहले वार्षिक कार्ययोजना बनाएर कार्यसमिति अघि बढ्ने जनाएका छन् ।
- यसका लागि मधेश प्रदेशका आठ वटै जिल्लाका सरोकारवालाहरुसँग व्यापक छलफल र सुझाव संकलन कार्य अघि बढ्ने सिंहले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया