राजविराज÷नेपाल–स्वीस चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजले मधेश प्रदेशको अध्यक्षमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी एवं मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहलाई मनोनयन गरेको छ ।
नेपाल–स्वीस चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीद्वारा प्रेषित पत्रमा अध्यक्षमा सिंह तथा सदस्यहरुमा अनुप अग्रवाल, सन्दिप अग्रवाल र आशिष महतोलाई मनोनयन गरिएको उल्लेख छ ।
यस्तै समितिको सल्लाहकार डा. सोनी महतोलाई मनोनयन गरिएको छ । मधेश प्रदेशमा पहिलो समिति विस्तार गरिएको जनाउँदै पत्रमार्फत अगामी दिनमा सातै प्रदेशमा समिति विस्तार हुने जनाइएको छ ।
उक्त संस्थाको केन्द्रमा समिति रहेपनि प्रदेशमा भने पहिलो हो । नवनियुक्त अध्यक्ष सिंहले वार्षिक कार्ययोजना बनाएर कार्यसमिति अघि बढ्ने जनाएका छन् । यसका लागि मधेश प्रदेशका आठ वटै जिल्लाका सरोकारवालाहरुसँग व्यापक छलफल र सुझाव संकलन कार्य अघि बढ्ने सिंहले बताएका छन् ।
नेपाल–स्वीस चेम्बर मधेश प्रदेशको अध्यक्षमा सिंह मनोनित
सारांश
- उक्त संस्थाको केन्द्रमा समिति रहेपनि प्रदेशमा भने पहिलो हो ।
- नवनियुक्त अध्यक्ष सिंहले वार्षिक कार्ययोजना बनाएर कार्यसमिति अघि बढ्ने जनाएका छन् ।
- यसका लागि मधेश प्रदेशका आठ वटै जिल्लाका सरोकारवालाहरुसँग व्यापक छलफल र सुझाव संकलन कार्य अघि बढ्ने सिंहले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया