दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीय प्रणालीलाई समाप्त पार्न विभिन्न शक्ति तथा षडयन्त्र सुरु भइसकेकोले सबै लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु सचेत रहनु पर्ने बताएका छन् ।
प्रेस नेपाल सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले संघीयता र गणन्तत्र समाप्त गरि मधेश माथी समेत राज गर्ने षडयन्त्र सुरु भइसकेकोले त्यसका बिरुद्ध परिवर्तनकारी शक्तिहरुले एकजुट हुनु पर्ने बताए ।
उनले विगतमा सत्तासीन दलले गरेको सहमति र समझदारी कार्यान्वयनको कुनै विकल्प नरहेको बताउँदै अविलम्ब संविधान संशोधन गरेर मधेश लगायत सबै असन्तुष्ट पक्षका माँग पूरा गर्न आवश्यक रहेको समेत उल्लेख गरे । सरकारलाई मधेशका मुद्दा सम्बोधन गर्नका लागि आफूहरुले सरकारलाई समर्थन दिएको समेत स्पष्ट पारे ।
समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका उपप्रम यादवले नयाँ स्वास्थ्य ऐन ल्याई सबै प्रदेशमा मेडिकल कलेज, सबै नगर र गाउँपालिकामा अस्पताल तथा सबै वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने दिशमा सरकार अघि बढिसकेको जानकारी पनि दिए ।
सोही कार्यक्रममा प्रदेश २ को सप्तरी सदरमुकाम राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिरहामा क्यान्सर अस्पताल र बिरगंजमा विशिष्ट सुविधासहितको अस्पताल निर्माण गर्ने तथा जनकपुरस्थित अंचल अस्पताललाई प्रादेशिक अस्पताल तथा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई ४ सय २० शैयाको अस्पतालको रुपमा विकसित गर्ने गरि सरकारी योजना अनुरुप कार्यान्वयनको दिसामा अघि बढिसकेको उनले जानकारी दिए ।
कार्यक्रममा उपप्रम यादवले नेपालमै सब भन्दा बढी प्रदेश २ मा बाल मृत्यु दर तथा बालबालिकामा कुपोषणको समस्या देखिएको भन्दै यस अवस्थामा सुधार ल्याउन पनि आफूले विशेष कार्यक्रम ल्याउन लागेको बताए ।
प्रदेश २ का सप्तरी र रौतहटमा सब भन्दा बढी बालबालिकामा कुपोषणको समस्या देखिएकोमा चिन्ता समेत व्यक्त गर्दै कुपोषण न्यूनिकरणका लागि चेतनामूलक तथा अन्य आवश्यक उपायहरु अभियानकै रुपमा संचालन गरिने उनले जानकारी दिए ।
पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, पत्रकार महासंघका सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा लगायतले पनि शुभकामना सँगै आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
सारांश
- प्रेस नेपाल सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले संघीयता र गणन्तत्र समाप्त गरि मधेश माथी समेत राज गर्ने षडयन्त्र सुरु भइसकेकोले त्यसका बिरुद्ध परिवर्तनकारी शक्तिहरुले एकजुट हुनु पर्ने बताए ।
- उनले विगतमा सत्तासीन दलले गरेको सहमति र समझदारी कार्यान्वयनको कुनै विकल्प नरहेको बताउँदै अविलम्ब संविधान संशोधन गरेर मधेश लगायत सबै असन्तुष्ट पक्षका माँग पूरा गर्न आवश्यक रहेको समेत उल्लेख गरे ।
- सरकारलाई मधेशका मुद्दा सम्बोधन गर्नका लागि आफूहरुले सरकारलाई समर्थन दिएको समेत स्पष्ट पारे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया