जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 

राजविराज राजविराज
|
बुधबार, पौष २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 

सारांश

  •     नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ ।
  •       घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं.
  • ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं.

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 
    नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल वापत ग्राहकलाई दिने गरेको बिल र नेपाल सरकारबाट मान्यता प्राप्त ई–सेवाबाट भुक्तान गर्दा देखिएको बिलको रकम फरक फरक भेटिएको छ । 
    नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ । 
    घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं. ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं., महिना र ठेगाना उल्लेख भएको ई–सेवाको बिलमा ९०० मात्र रकम उल्लेख भएको देखिएको छ । 
    एउटै संस्था र सोही संस्थाबाट मान्यता प्राप्त अर्को संस्थाबाट जारि भएको बिलमा फरक फरक रकम भेटिएपछि अहिले ठकनीकुमारी साह दुविधामा परेकी छिन् । ठकनीले ती दुई बिल मध्ये ई–सेवामार्फत १८ रुँपैया छुटसहित ९०० रुँपैयाबाट ८८२ रुँपैया भुक्तान समेत गरिसकेकी छिन् । पुस २५ गते बिल भुक्तान गर्ने अन्तिम मितिमा मिटर रिडरले ४६३४ रुँपैया ८३ पैसाको बिल दिएपछि उनी प्राधिकरणको कार्यालय राजविराजमा पुगेर संचारकर्मीलाई देखाउँदै आफू अन्यायमा परेकी बताईन् । 
    यता जानकारका अनुसार प्राधिकरणले आफ्नो कम्प्युटरमा ग्राहकको नाम, ग्राहक नं., कोड, मिटर रिडिङ अंक दाखिला गरेपछि मात्र रकम आफै इन्ट्री हुने बताउँछन् । र सो इन्ट्री भएपपिछ मात्र इ–सेवामा गरिएको लिंक अनुसार ग्राहकले आफ्नो कोड, नं. र बितरण केन्द्रको नाम छानेपछि चालु महिनाको विद्युत महसुल देखिन्छ ।
    यस्तै एउटै महिनाको आधिकारीक दुई स्थानबाट प्रदान गरिएको बिलमा फरक फरक रकम उल्लेख भएपछि ग्राहक अन्यौलमा परेका छन् । राजविराज वडा नं. १ का स्थानीयवासी लक्ष्मी यादवले दुई बिलमा फरक फरक रकम उल्लेख भएको देखेपछि अब कुन आधिकारिक निकायमा विश्वास गर्ने भन्दै विद्युत प्राधिकरणमाथी प्रश्न ते¥याएका छन् । 
    यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
एकै रात पाँच जनाको घरमा लाखौंको चोरी
एकै रात पाँच जनाको घरमा लाखौंको चोरी
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
सधै घुँइचो लाग्ने शिक्षा कार्यालय अहिले सुनसान 
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य