यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर

राजविराज राजविराज
|
सोमबार, कार्तिक २०, २०८०
|
|
७९ पटक हेरिएको
Shares
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर

सारांश

  •     यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख शशि यादव र कुमारी बैंक मधेश प्रदेशका प्रमुख समिर आचार्यले संयुक्त रुपमा रिबन काटेर सो काउन्टर संचालनको शुभारम्भ गरेका हुन् ।
  •       कार्यालयका निमित्त प्रमुख यादवले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु वापत लाग्ने राजश्व अब कुमारी बैंकको एक्स्टेन्सन काउन्टरबाटै हुने जानकारी दिदै भने “अबदेखी सबै खाले राजश्व वापतको रकम नगद नभई बैंक मार्फत नै भुक्तानी हुनेछ ।
  • ” उनले पटके सेवा वापतको राजश्व भने नगद नै लिइने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 

    यहाँस्थित यातायात व्यवस्था सेवा कार्यालयमा सोमबारदेखी कुमारी बैंक राजविराज शाखाले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । 
    यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख शशि यादव र कुमारी बैंक मधेश प्रदेशका प्रमुख समिर आचार्यले संयुक्त रुपमा रिबन काटेर सो काउन्टर संचालनको शुभारम्भ गरेका हुन् । 
    कार्यालयका निमित्त प्रमुख यादवले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु वापत लाग्ने राजश्व अब कुमारी बैंकको एक्स्टेन्सन काउन्टरबाटै हुने जानकारी दिदै भने “अबदेखी सबै खाले राजश्व वापतको रकम नगद नभई बैंक मार्फत नै भुक्तानी हुनेछ ।” उनले पटके सेवा वापतको राजश्व भने नगद नै लिइने जानकारी दिए । 
    उनले सवारीसाधनहरुको नवीकरण वापतको राजश्व, सवारी अनुमति पत्रको नविकरण वापत लगायतको राजश्व कार्यालयमा नगद बुझाउनु पर्ने बाध्यता हटेको तथा सेवाग्राहीले बैंक मार्फत कारोबार गर्दा पारदर्शी तथा सेवाग्राहीलाई पनि सहज हुने जिकिर गरे ।
    सोही क्रममा निमित्त प्रमुख यादवले सवारीसाधनहरुको बायोमेट्रिक गरि अनलाईन मार्फत नै राजश्व बुझाउने प्रावधान समेत सुरु भएको जानकारी पनि दिए । उनले एक पटक कार्यालयमा सवारीसाधनको बायोमेट्रिक गरे भने त्यो सधैका लागि अभिलेख रहने र अनलाइन मार्फत नै नविकरण गर्न सकिने उल्लेख गरे । 
    सोही अवसरमा बैंकका प्रदेश प्रमुख आचार्यले तत्कालका लागि कार्यालयमा एक्स्टेन्सन काउन्टरको संचालन गरिएको जानकारी दिँदै यस काउन्टरबाट यातायात कार्यालयको राजश्व मात्र संकलन गरिने बताए । 
    सो अवसरमा कार्यालय तथा बैंकका कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो 
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
पत्रकार झाप्रति श्रद्धाञ्जली 
पत्रकार झाप्रति श्रद्धाञ्जली 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु