लागु औषधसहित  दुई पक्राउ 

राजविराज राजविराज
|
आइतबार, माघ ११, २०७७
|
|
२३ पटक हेरिएको
Shares
लागु औषधसहित  दुई पक्राउ 

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
  • १ हनुमाननगरबाट तिलाठी भन्सार सडक खण्डमा प्रहरी टोलीले चेकजाच गर्ने क्रममा खंगका साथबाट डाइलेक्स २ बोतल, लिजेसिस इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्सन २० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २५ एमजीको २१ एम्पुल र स्पास्मो प्रोक्सभोम प्लस २४ क्याप्सुल लगायतका लागु औषध बरामद भएको हो ।
  •       लागु औषध बरामद भएपछि प्रहरीले सोधपुछ गर्दा खंगले सोही नगरपालिका ४ निवासी सन्तोष खड्काले भारतको कुनौली भन्सारबाट ल्याउन लगाएको जानकारी दिएपछि प्रहरीले सोही क्षेत्रमा खोजतलास गर्दा खडका समेतलाई पक्राउ गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ माघ । 
    प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ८ निवासी २३ वर्षिय देवनारायण खंग र सोही नगरपालिका ४ बस्ने ३० वर्षिय सन्तोष खडका रहेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ हनुमाननगरबाट तिलाठी भन्सार सडक खण्डमा प्रहरी टोलीले चेकजाच गर्ने क्रममा खंगका साथबाट डाइलेक्स २ बोतल, लिजेसिस इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्सन २० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २५ एमजीको २१ एम्पुल र स्पास्मो प्रोक्सभोम प्लस २४ क्याप्सुल लगायतका लागु औषध बरामद भएको हो । 
    लागु औषध बरामद भएपछि प्रहरीले सोधपुछ गर्दा खंगले सोही नगरपालिका ४ निवासी सन्तोष खड्काले भारतको कुनौली भन्सारबाट ल्याउन लगाएको जानकारी दिएपछि प्रहरीले सोही क्षेत्रमा खोजतलास गर्दा खडका समेतलाई पक्राउ गरेको जनाएको छ । 
    साथै प्रहरीले भन्सार सडक खण्डमा रहेको स.९प. १८२८ नं.को मोटरसाईकल समेतलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
मृतक परिवारलाई आर्थिक सहयोग
मृतक परिवारलाई आर्थिक सहयोग
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा