बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

राजविराज राजविराज
|
बिहिबार, आश्विन १५, २०७७
|
|
३४ पटक हेरिएको
Shares
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

सारांश

  • बालमन्दिरलाई राजविराज वडा नं.
  • ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो ।
  •       नेपाल बाल संगठनले एक प्रेस विज्ञप्ति जारि गर्दै नगरपालिकाले गत भदौं ९ गते २०२१ सालदेखी आफ्नै जग्गामा संचालनमा रहेको बाल मन्दिरलाई उक्त विद्यालयमा गाभ्ने र सो जग्गामा इन्जिनियरिङ र नापी समेतको उच्च प्राविधिक शिक्षा संचालन गर्न भवन निर्माण गर्ने निर्णय गर्दा आफूहरुलाई कुनै जानकारी नदिई यति पुरानो संस्थाको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 
    राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ । 
बालमन्दिरलाई राजविराज वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो । 
    नेपाल बाल संगठनले एक प्रेस विज्ञप्ति जारि गर्दै नगरपालिकाले गत भदौं ९ गते २०२१ सालदेखी आफ्नै जग्गामा संचालनमा रहेको बाल मन्दिरलाई उक्त विद्यालयमा गाभ्ने र सो जग्गामा इन्जिनियरिङ र नापी समेतको उच्च प्राविधिक शिक्षा संचालन गर्न भवन निर्माण गर्ने निर्णय गर्दा आफूहरुलाई कुनै जानकारी नदिई यति पुरानो संस्थाको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । 
    बाल मन्दिर संचालक समितिका अध्यक्ष पुनम शेखर नायरद्वारा जारि विज्ञप्तिमा नगरपालिकाले गरेको उक्त निर्णयले अनाथ, असहाय बालबालिकाको अधिकार खोसिने भन्दै सो निर्णय नसच्याए कानुनी उपचारका लागि न्यायलयमा समेत जान बाध्ये हुने उल्लेख गरिएको छ । 
    अध्यक्ष नायरले नगरपालिकाको उक्त कदम बालबालिका एन २०७५ विपरीत हुनुका साथै बाल संगठनको जानकारी बिना नै निर्माण कार्य समेत संचालन गर्न लागिएकाले आफूहरु यस बिरुद्ध कानुनी उपचारमा जाने निर्णय गरिएको जानकारी समेत दिएका छन् । 
    सात कठ्ठा १२ धुर जग्गा बालमन्दिर कै स्वामित्वमा रहँदा रहँदै उक्त संस्थालाई थाहै नदिई अन्यत्र गाभेर बाल मन्दिरको जग्गामा इन्जिनियरिङ र नापीको प्राविधिक उच्च विद्यालय संचालनको नाउँमा निर्माण कार्य सुरु गरिएको र यसले पुरानो एतिहासिक संस्थाको अस्तित्व नै समाप्त हुने उनको जिकिर रहेको छ । 
    नगरपालिकाको शिक्षा समितिले भदौं १० पत्र पठाई बाल मन्दिरको सरसामान बुझाउन र बाल मन्दिरलाई रमशे नारायण दास आर्दश विद्यालयसित समायोजन प्रक्रियामा सघाउन भनी पत्र पठाएपछि आफूहरु चकित परेको अध्यक्ष नायरको भनाई छ । उनले नगरपालिकाको उक्त निर्णय कुनै पनि हालतमा स्विकार्य नहुने समेत बताएका छन् । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बाल मन्दिरमा विद्यार्थी संख्या कम भएका कारण समायोजन गरिएको बताउँदै भने, विद्यार्थी अति कम छन्, पाँच÷६ जना शिक्षकको दरबन्दी रहेको बाल मन्दिरमा खर्च नै बढी भएको कारण समायोजन गरिएको हो । उनले सिटिइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा इन्जिनियरिङ र डिप्लोमा नापी जस्तो प्राविधिक विषय पठानपाठनको व्यवस्था मिलाउनका लागि बाल मन्दिरको जग्गामा नयाँ भवन निर्माण गर्न लागिएको स्पष्ट पार्दै यसमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् । 
    यता बाल संकगठनले यस सम्बन्धमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार अनुसन्धान आयोग, शिक्षा मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय लगायतका विभिन्न निकायमा पनि पत्राचार गरिएको समितिका अध्यक्ष नायरले बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
नवनिर्वाचित पत्रकार मण्डल र तामाङ सम्मानित  
नवनिर्वाचित पत्रकार मण्डल र तामाङ सम्मानित  
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह