दैनिक समाचारदाता
राजविराज, १८ असार ।
सप्तरीको रुपनी गाउँपालिकालाई सोमबार पुर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा आयोजित घोषणासभामा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
यस्तै सोमबारै रुपनी जनस्वास्थ्य प्रयोगशालाको शुभारम्भ समेत गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले गुणस्तरिय स्वास्थ्य सेवाका लागि गाउँपालिकामै ल्याब सेवा शुभारम्भ गरेको बताए ।
उनले महँगो शुल्कमा बाहिर गएर विभिन्न जाचहरु गराउनु पर्ने बाध्यता हटाएर गुणस्तरिय जाच सेवा पालिकामै सुरुवात गरिएकोले यसबाट आमजनता लाभान्वित हुने विश्वास ब्यक्त गरे ।
पूर्णखोप सुनिश्चित गर्न १२ महिनादेखी २३ महिनासम्मका सम्पूर्ण बालबालिकालाई खोपको पूरा मात्रा लगाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले बताए । स्थानिय स्वास्थ्य केन्द्र र खोप क्लिनिक मार्फत बालबालिकालाई खोप लगाइएको उनको भनाई छ ।
त्यस्तै अध्यक्ष यादवले गाउँपालिकाका किसानहरुका लागि ल्याएको निशुल्क कृषि मिटर योजना अन्तरगत नेपाल विद्युत प्राधिकरणलाई कृषि मिटर जडान गरे वापत रु. ७ लाख रुँपैयाको चेक हस्तान्तरण गरेका छन् ।
उनले आउने दिनमा पनि किसानका लागि सिचाई र कृषि मिटर निशुल्क गर्ने प्रतिबद्धता समेत जनाए ।
एकै दिन गाउँपालिकामा भएको तीन वटा कार्यक्रममा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, प्रशासकीय अधिकृत जामुन कुमार दास, जिल्ला समन्वय समितिका उपाध्यक्ष शम्भु यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
सारांश
- गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा आयोजित घोषणासभामा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
- यस्तै सोमबारै रुपनी जनस्वास्थ्य प्रयोगशालाको शुभारम्भ समेत गरिएको छ ।
- सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले गुणस्तरिय स्वास्थ्य सेवाका लागि गाउँपालिकामै ल्याब सेवा शुभारम्भ गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया