चन्दनकुमार यादब
राजबिराज, १४ माघ ।
सप्तरीका पुर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरीलाई नेपाल क्रिकेट संघले खेलाडी छनोट समितिको संयोजकमा नियुक्त गरेको छ ।
बिहिवार भैरहवामा सम्पन्न नेपाल क्रिकेट संघ वोर्ड बैठकवाट चौधरीलाई खेलाडी छनोट समितिको संयोजकमा नियुक्त गरेको हो ।
यसैगरी बैठकले सप्तरी क्रिकेट मैदानका लागि एक जना पुर्व राष्ट्रिय खेलाडी धर्मेन्द्र चौधरीलाई मैदान कर्मचारीमा नियुक्त गर्ने निर्णय गरेको क्यानका कोषाध्यक्ष रोशन कुमार सिहले जानकारी दिएका छन् ।
त्यस्तै सप्तरीसहित पोखरा, भैरहवा र धनगढी क्रिकेट मैदानमा दुई÷दुई जना तथा जनकपुरमा एक जना मैदान कर्मचारी नियुक्त गरेको छ ।
बैठकले संघको वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा पाँच सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । समितिमा कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का रहेका छन् ।
साथै आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, प्राविधिक समितिको संयोजकमा बिरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य तथा क्रिकेट समितिको संयोजकमा कैलाश बिस्टलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले कप्तान सन्दिप लामिछानेसहित पाँच खेलाडीलाई ग्रेड ‘ए’ मा समाबेश गर्दै नेपाल क्रिकेट संघले २०२२ को केन्द्रिय सम्झौता सार्वजनिक गरेको छ ।
बैठकले अनुशासनको कारवाही गर्दै चार जना खेलाडीलाई ज्ञानेन्द्र, दिपेन्द्र, कमल र सोमपाललाई ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय औपचारिकरुपमा फिर्ता लिएको छ ।
ग्रेडिंग लगायत विषयमा चित्त नबुझेपछि खेलाडीहरुले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन अस्विकार गरेका थिए जसपछि क्यानले कारवाही फिर्ता लिने सम्झौता गरेको थियो ।
कप्तानको रुपमा ज्ञानेन्द्र मल्ललाई हटाउने र सन्दिप लामिछानेलाई नियुक्त गर्ने बाहेक अन्य कारवाही क्यानले फिर्ता लिएको छ ।
क्यानले तिब्र गति बलिंग अलराउण्डर सोमपाल कामि, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी र करन केसी पनि ‘ए’ ग्रेडमा छन् । शरद भेषवाकर, कुशल भुर्तेल, आसिफ शेख र अविनाश बोहरा ग्रेड ‘बि’ मा छन् । यस्तै कुशल मल्ल, रोहित पौडेल, कमल सिंह ऐरी, शाहब आलम, पवन सर्राफ र सुशन भारि ग्रेड ‘सी मा छन् । ग्रेड ‘ए’, ‘बि’ र ‘सी’ मा भएका पुरुष क्रिकेटरको मासिक क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ रहेको छ ।
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी क्यानको सेलेक्टर नियुक्त
सारांश
- बिहिवार भैरहवामा सम्पन्न नेपाल क्रिकेट संघ वोर्ड बैठकवाट चौधरीलाई खेलाडी छनोट समितिको संयोजकमा नियुक्त गरेको हो ।
- यसैगरी बैठकले सप्तरी क्रिकेट मैदानका लागि एक जना पुर्व राष्ट्रिय खेलाडी धर्मेन्द्र चौधरीलाई मैदान कर्मचारीमा नियुक्त गर्ने निर्णय गरेको क्यानका कोषाध्यक्ष रोशन कुमार सिहले जानकारी दिएका छन् ।
- त्यस्तै सप्तरीसहित पोखरा, भैरहवा र धनगढी क्रिकेट मैदानमा दुई÷दुई जना तथा जनकपुरमा एक जना मैदान कर्मचारी नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया