पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
११३ पटक हेरिएको
Shares
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव

सारांश

  • शुक्रबार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगतमा मधेशवादी दलहरू मन्त्री पद र सत्ताको स्वार्थका लागि फुटेको आरोप लगाएका हुन् ।
  • उनले विचार र सिद्धान्तका आधारमा नभई व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भएको उल्लेख गरे ।
  • मधेशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा चुनावमा प्रतिकूल परिणाम भोग्नुपरेको उनले जिकिर गरे ।
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री पदको लोभले मधेशवादी दल फुटेको आरोप लगाएका छन् ।
शुक्रबार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगतमा मधेशवादी दलहरू मन्त्री पद र सत्ताको स्वार्थका लागि फुटेको आरोप लगाएका हुन् ।
उनले विचार र सिद्धान्तका आधारमा नभई व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भएको उल्लेख गरे ।
मधेशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा चुनावमा प्रतिकूल परिणाम भोग्नुपरेको उनले जिकिर गरे । जनताले दल र नेतृत्वको कार्यशैलीको मूल्यांकन गरेर मतदान गर्ने भएकाले विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष यादवले अब पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू सचिएर जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्नुपर्ने बताए । उनले पार्टीभित्र अनुशासन, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यसो नगरे पार्टीको भविष्य नै संकटमा पर्न सक्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
प्रदेश २ की राज्य मन्त्रीको गाडी दुर्घटना
प्रदेश २ की राज्य मन्त्रीको गाडी दुर्घटना
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित 
पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित 
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट