धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
९ पटक हेरिएको
Shares
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो

सारांश

  • बालक सुमित मंडललाई तत्कालै अस्पताल पु¥याउनुको साटो धामी झाँक्रीको भर परेर झारफुकमा समय खेर फाल्दा मृत्यु भएको हो ।
  • घटना बिवरण अनुसार बुधबार दिउँसो घरको आगनमै खेलिरहेको बेला उनलाई बिषालु सर्पले टाकेको थियो ।
  • सर्पले टोकपछि अतालिएका बालक दौडेर हजुर आमा फुलकुमारीको काँखमा पुगेर अचेत भएका थिए ।
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
बिषालु सर्पले टोक्दा अस्पतालको साटो धामी झाँक्रीको भरपर्दा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ कट्टी परवाहा टोल एक ५ बर्षीय बालकले ज्यान गुमाएका छन् ।
बालक सुमित मंडललाई तत्कालै अस्पताल पु¥याउनुको साटो धामी झाँक्रीको भर परेर झारफुकमा समय खेर फाल्दा मृत्यु भएको हो ।
घटना बिवरण अनुसार बुधबार दिउँसो घरको आगनमै खेलिरहेको बेला उनलाई बिषालु सर्पले टाकेको थियो । सर्पले टोकपछि अतालिएका बालक दौडेर हजुर आमा फुलकुमारीको काँखमा पुगेर अचेत भएका थिए । उनलाई तत्कालै अस्पताल पु¥याउनुको साटो आफन्तले गाउँकै एक धामी झाँक्रीलाई बोलाए । धामीले झण्डै आधा घण्टा झारफुक र अन्य विधिमा समय विताए ।
तर, बालक सुमित होसमा आएनन् । त्यसपछि उनलाई परिवारजनले कल्याणपुर स्थित सर्पदंश उपचार केन्द्रमा पु¥याएका थिए । त्यहाँ भेन्टिलेटर सुविधा नरहेको र बालकको अवस्था अत्यन्तै गम्भिर रहेको भन्दै स्वास्थ्यकर्मीले अन्यत्रको सुविधा सम्पन्न अस्पतालमा लैजान भने पछि सदरमुकाम राजविराज स्थित छिन्नमस्ता अस्पताल ल्याईपु¥याएको वुबा ओम प्रकाशले बताए । तर सो अस्पतालले पनि बालकको अवस्था नाजुक रहेको भन्दै अन्य अस्पतालमा लैजान सल्लाह दिएपछी गजेन्द्रनारायण सिह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको आमा रेणु देवीले सुनाईन ।
गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरीटेन्डेट डा.रञ्जित झाले अस्पताल ल्याउनु अघि नै बालकको मृत्यु भइसकेकाले मृत घोषित बाहेक अन्य केही उपाय गर्न नसकिएको बताए । उनले विषालु सर्पको विष शरिर भरी फैलिसकेको र ल्याउन ढिलाई गर्दा यस्तो दुखःदायी घट्ना भएको भन्दै अन्धविश्वासमा पर्दा अकाल मै बालकले ज्यान गुमाएको सुनाए ।
यति मात्र होइन् चिकित्सकले मृत घोषित गरिसकेका बालकलाई अस्पतालको प्रवेश गेट नजिकै राखेर फेरि अभिभावकले गाउँबाट धामी झाँक्री नै बोलाए । अस्पताल गेट नजिकै राखिएको बालकको पार्थिव शरिरमा फेरी धामि झाक्रिले झारफुक सुरु गरे । तर बालकको शरिरमा कुनै हलचल देखिएन । धामि झाक्रिले अस्पतालको मुल गेट मै एक मृत बालकको झारफुक विधी गरीरहेको जानकारी पाएपछि पुगेका मेडिकल सुपरिटेन्डेन्ट डा.झाले अभिभावकलाई अन्धविश्वासमा नपर्न भन्दै सम्झाएपछि उनीहरु बालकको शव लिएर निस्केका थिए ।
तर शव लिएर अभिभावक फेरी सिमावर्ती भारतीय बजार महादेवमण्ठस्थित एक धामीको घरमा पुगे । त्यहा पनि धामिले झारफुकका विभिन्न विधी प्रयोग गर्दा पनि बालकलाई जीवित पार्न नसकिएपछि निराश भई फर्किए ।
प्रहरीले सो घट्नाबारे चासो लिएपछी आफन्तले विहीवार गजेन्द्रनारायण सिह अस्पतालमा बालकको शव पोस्टमार्टमका लागी बुझाएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतद्वारा मन्त्रीको पुतला दहन
जनमतद्वारा मन्त्रीको पुतला दहन
कदमाहा र मटिगढी सडकको शिलान्यास
कदमाहा र मटिगढी सडकको शिलान्यास
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ